बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सय दिनमा सरकारले जनतालाई खुसी बनाउने कुनै काम गरेन : ओली

बिहीबार, २५ असार २०८३, १६ : १९
बिहीबार, २५ असार २०८३

सारांश

  • नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले कार्यकालको पहिलो सय दिनमा जनतालाई खुसी बनाउने कुनै काम गर्न नसकेको दाबी गरेका छन्।
  • उनले सरकारलाई 'भाँडोमा उम्लिरहेको दूध'सँग तुलना गर्दै सरकारको खुट्टा भुइँमा नभएको र कर्तव्यबोधसमेत शून्य रहेको बताए।
  • अध्यक्ष ओलीले प्रधानमन्त्री वा मन्त्रीको आलोचना गर्दा समेत जेल जानुपर्ने अवस्था सिर्जना भएको दाबी गरे।

काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले कार्यकालको पहिलो सय दिनमा जनतालाई खुसी बनाउने कुनै काम गर्न नसकेको दाबी गरेका छन्।

बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सरकारले सय दिनमा जनतालाई राहत दिनेभन्दा निराश बनाउने काम गरेको आरोप लगाए।

उनले अहिले देशमा खुसी हुने एउटै माध्यम राति अबेरसम्म विश्वकप फुटबल हेर्नुजस्तो अवस्था रहेको टिप्पणी गरे। सरकारलाई ‘भाँडोमा उम्लिरहेको दूध’सँग तुलना गर्दै उनले सरकारको खुट्टा भुइँमा नभएको र कर्तव्यबोधसमेत शून्य रहेको बताए।

अध्यक्ष ओलीले प्रधानमन्त्री वा मन्त्रीको आलोचना गर्दा समेत जेल जानुपर्ने अवस्था सिर्जना भएको दाबी गर्दै व्यंग्यात्मक रूपमा उनीहरूका बारेमा बोल्दा सावधानी अपनाउनुपर्ने टिप्पणी गरे।

सरकारको सय दिनको मूल्यांकन गर्ने जिम्मा जनता र सञ्चारमाध्यमकै रहेको उल्लेख गर्दै उनले एमाले सकिएको भन्ने टिप्पणीको पनि खण्डन गरे।

‘एमाले सकिन जन्मिएको पार्टी होइन, देश बनाउन र सफलता हासिल गर्न जन्मिएको पार्टी हो,’ उनले भने।

कार्यक्रममा अध्यक्ष ओलीले नेकपाका पोलिटब्युरो सदस्य डीबी कार्कीसहित छ जना केन्द्रीय सदस्यलाई एमालेमा प्रवेश गराएका थिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप