बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय

१७ वर्षदेखि साङ्लोमा बाँधिएका लीलाप्रसादको उपचार गर्ने विण्डसीको घोषणा

मङ्गलबार, ०१ चैत २०७३, १५ : १४
मङ्गलबार, ०१ चैत २०७३

झापा– सत्र वर्षदेखि साङ्लोमा बाँधिएका झापा राजगढ–८ का लीलाप्रसाद चम्लागाईको निःशुल्क उपचार हुने भएको छ । उनको उपचार बिर्तामोडस्थित विण्डसी हस्पिटलले निःशुल्क गर्न लागेको हो ।

अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले उनको उपचार निःशुल्क गर्ने घोषणा गर्दै मंगलवार विहान सहायक प्रमुख जिल्ला अधिकारी भीमप्रसाद तिवारी सहितको टोली चम्लागाईको घरमा पुगेर उद्धार गरेको थियो ।

लीलाको उद्धार गर्दै अस्पतालका कार्यकारी निर्देशक प्रसाईले भने –‘लीलाको उपचार म गर्छु, मेरो अस्पताल विएण्डसीमा उनको उपचार सम्भव नभएपनि उनलाई विदेशमा लगेर भएपनि रोग निको पारेर मात्रै घर पठाउँछु ।’ लीलालाई मंगलवार नै अस्पताल भर्ना गरेर उपचार गर्न शुरु गरिएको छ । अस्पतालका मानसिक रोग विशेषज्ञ डा सन्दिप वर्मा सहितको चिकित्सकको टोलीले उनको उपचार गर्ने अस्पतालका जनसम्पर्क अधिकारी प्रमिष गिरीले बताए ।

लीलाको उद्धारका लागि अस्पतालका कार्यकारी निर्देशक प्रसाई, मानसिक रोग विशेषज्ञ डा सन्दिप, सहायक प्रमुख जिल्ला अधिकारी तिवारी, महिला तथा वालवालिका कार्यालय झापाका वाल संरक्षण अधिकृत रेखनाथ दाहाल, सञ्चारकर्मी , प्रहरी , मानअधिकारकर्मीको टोली राजगढ–८स्थित निवासमा पुगेको थियो । आर्थिक अभावका कारण लीलाको उपचार गर्न नसकिएको भन्दै आमा जानुकाले छोराको उपचारका लागि सहयोग जुटाइदिन आग्रह गरेकी थिइन् ।

लीलाका ४ जना दिदी वहिनी छन् । तीन जनाको विवाह भइसकेको र एक जना वहिनी रामनगर प्राथमिक विद्यालयमा कक्षा ४ मा पढ्िछन् ।

जेठी श्रीमतीबाट छोरा नजन्मिएको भन्दै जानुकाका श्रीमान दुर्गा चम्लागाईले कान्छी श्रीमती नर्वदालाई २०५० सालमा भित्र्याएका थिए । लीला भने २०५४ सालमा जन्मिएका हुन् । उनी जन्मदै शारीरिक असक्त थिए ।

यता कान्छी श्रीमती नर्वदाका दुई छोरा र दुई छोरी छन् । पारिवारिक अवस्था कमजोर बनेपछि दुर्गा वैदेसिक रोजगारीको सिलसिललामा साउदी अरव गएको बताइएको छ । श्रीमान् वैदेसिक रोजगारीमा गएपछि लीला र कान्छी छोरीको रेखदेख आमा जानुकाले गर्दै आएकी थिइन् । बाल्यअवस्थादेखि नै सुस्त मनस्थिति भएका लीला बोल्दैनन् । उनको दाहिने हात पनि चल्दैन । तर, आमाले गरेको इसारा भने वुझ्छन् । टोलाइरहने स्वभावका उनी फोहोर टिप्दै खाने, बोलिरहने र हिँडेपछि घर नर्फकने गरेपछि उनलाई साङ्लोले बाध्नु परेको जानुकाले बताइन् ।

जता हिड्यो उतै हराउँछ, कतै गयोभने, पानीमा डुब्ला, गाडीले किच्याउला,कसैले कुटिदेलान् भनेर हामीले उसलाई साङ्लेले बाधेका हौं जानुकाले भनिन्–‘माया भएपनि छोरो बचाउन अर्काे विकल्प नदेखेर उसलाई वाँधेका हौं ।’

लीलाको उद्धारका लागि पुगेकासहायक प्रमुख जिल्ला अधिकारी भीमप्रसाद तिवारीले विएण्डसी अस्पतालले देखाएको कार्य प्रशंसनीय रहेको भन्दै अस्पताल सञ्चालकलाई धन्यवाद ज्ञापन गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप