तपाईंलाई थाहा छ, मोतीबिन्दुले झुक्याएर गुमाउँछ आँखाको ज्योति
बुधबार, ०२ चैत २०७३, १० : ४२
डा. वेन लिम्बू, अकुलोप्लास्टिक सर्जन, ग्लोबल आँखा केन्द्र
मोतीबिन्दु यस्तो रोग
आँखाको भित्री भागमा एउटा पारदर्शी लेन्स हुन्छ । यो लेन्सले काम गर्न छाड्नु अर्थात् अपारदर्शी हुँदै जाने अवस्था नै मोतीबिन्दु हो । मोतीबिन्दुले एक्कासि आँखाको ज्योति गुम्दैन । बिस्तारै ज्योति कमजोर गराउँदै लगेर नदेख्ने अवस्थामा पुर्याउँछ । क्रमशः आँखाको ज्योति धमिलो हुँदै जान्छ भने मोतीबिन्दु भएको अनुमान लगाउन सकिन्छ । मोतीबिन्दु लागेको आँखाले रातको समयमा बत्ती या टर्चलाइटमा हेर्दा थोप्लोको आकृति देखिन्छ । आँखा चिलाउने र दुख्ने समस्या भने मोतीबिन्दुले गराउँदैन । सचेत व्यक्तिले लक्षणकै आधारमा आफूलाई मोतीबिन्दु लागेको थाहा पाउन सक्छन् भने अधिकांश झुक्किन सक्छन् । बिस्तारै–बिस्तारै नजानिँदो ढंगले असर गर्ने भएकाले पनि अधिकांशलाई मोतीबिन्दुले झुक्याउँछ । आँखा गुमेपछि मात्रै थाहा हुन्छ । उमेर ढल्किँदै जाँदा यो समस्या बढी देखिए पनि बालबालिकासमेत यसको सिकार बन्छन् । यो समस्या वंशाणुगत पनि हुन्छ । समयमै उपचार नगरे आँखाको ज्योति पूर्ण रूपमा बन्द हुन्छ ।
यस्ता व्यक्तिलाई बढी सम्भावना
उमेरले पाका व्यक्तिलाई मोतीबिन्दुको सम्भावना बढी हुन्छ । तर, वंशाणुगत पनि हुने भएकाले जन्मजात पनि समस्या देखिन सक्छ । आँखाको नानीमा चोटपटक लाग्ने तथा पीडादायी दबाब पर्नाले पनि मोतीबिन्दु हुन सक्छ । आँखामा जथाभावी औषधि प्रयोग गर्ने व्यक्तिलाई पनि यसको सम्भावना बढी हुन्छ । आँखासँग सम्बन्धित नदेखिने जस्तै: हाडजोर्नीसम्बन्धी रोगका बिरामी, सुगर र प्रेसरका बिरामी बढी जोखिममा हुन्छन् । धूम्रपान र मध्यपान धेरै गर्ने तथा लामो समयसम्म घामको संसर्गमा रहने व्यक्तिलाई पनि मोतीबिन्दु हुने खतरा रहन्छ ।
उपचार सम्भव छ
अधिकांशलाई मोतीबिन्दुको उपचारबारे थाहै हुँदैन । चेतनाको अभाव नै मुख्य समस्याको रूपमा देखिएको छ । तर, यसको उपचार पद्धति सजिलो छ । सामान्य अप्रेसनबाट मोतीबिन्दुको उपचार गर्न सकिन्छ । मोतीबिन्दु भएर आफूलाई असहज भएपछि मात्रै अप्रेसन गर्दा पनि हुन्छ । एकपटक अप्रेसन गरेपछि फेरि समस्या दोहोरिँदैन । तर, सुगर र प्रेसरलाई नियन्त्रणमा राखिसकेपछि मात्रै मोतीबिन्दुको
उपचार गर्नुपर्छ ।
नयाँ पत्रिकाबाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान युद्धबाट यत्तिकै बाहिरिन सक्लान् ट्रम्प ?
-
बजेट स्वीकृत एउटा, लागत अनुमान अर्कै : विष्णुपुर धान प्रशोधन उद्योग स्थापनामा भ्रष्टाचार
-
सय दिनमा सरकारले जनतालाई खुसी बनाउने कुनै काम गरेन : ओली
-
राष्ट्रियसभाबाट ‘राष्ट्र ऋण उठाउने’ विधेयक स्वीकृत
-
विश्वकपले बदल्यो बालोन डी’ओरको समीकरण, मेस्सीको सम्भावना ९६६% ले उकालो लाग्यो
-
हेजबुल्लाहलाई निशस्त्र नगरेसम्म लेबनानमा सेना रहन्छ : इजरायल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण