बिहान बिर्सेर पनि नगर्नुहोस् यी ६ गल्ती, बढ्नेछ तौल
एजेन्सी
चैत १९ – तौल बढ्ने समस्याले थुप्रै मानिसहरुलाई सताइरहेको हुनसक्छ । यो समस्या त्यतिबेला बढ्छ जब हामी बिहानको समयमा केही बानीलाई रुटिनमा समावेश गर्ने गर्दछौं । यी बानीको नराम्रो असर हाम्रो मेटाबोलिजम क्रियामा पर्ने गर्दछ । जसका कारण क्यालोरी ठिक तरिकाले बर्न हुन पाउँदैन जुन बोसोमा परिवर्तन हुन् गर्दछ । यस्तो अवस्थामा हाम्रो तौल बढ्न थाल्छ ।
अत्यधिक सुत्नुः
बिहान अबेरसम्म (१० घण्टाभन्दा बढि) सुत्दा शरिरमा कार्टिसोल नामक स्ट्रेस हर्मोन बन्न थाल्छ । यो हर्मोनले शरिरमा बोसो बढाउने गर्दछ । (पीएलओएस वन जर्नलमा प्रकाशित अनुसन्धान)
घाममा नबस्नुः
बिहानको घाममा पाइने अल्ट्रोभेएलेट किरणले फ्याट बर्निङ प्रोसेस तिब्र बनाउँछ । यदि हामी दैनिक बिहान २० वा ३० मिनेट घाममा बस्दैनौं भने तौल बढ्न थाल्छ । (पीएलओएस वन जर्नलमा प्रकाशित अनुसन्धान)
नास्ता नगर्नुः
जो मानिसहरु बिहानको नास्ता गर्दैनन् उनीहरुको फ्याट बर्निङ प्रोसेस स्लो हुने गर्दछ । नास्तामा प्रोटिन र कार्बोहाइड्रेटलाई अवश्य पनि समावेश गर्नुहोस् । (तेलअविव युनिभर्सिटी, इजराइलको अनुसन्धान)
व्यायाम नगर्नुः
दैनिक २० मिनेट मर्निङ वक वा शारिरिक व्यायाम नगर्दा मेटाबोलिजम (फ्याट बर्निङ प्रोसेस) स्लो हुने गर्दछ । यस्तोमा तौल बढ्न सक्छ ।
हाई क्यालोरी भएको स्न्याक्स खानुः
बिहान पेट निकै खाली हुने गर्दछ । यो क्रममा यदि उच्च क्यालोरीयुक्त स्न्याक्स जस्तै चिप्स, स्यान्डविच वा बर्गर खाँदा यो फ्याटमा परिवर्तन हुने गर्दछ । यसले मोटोपना बढ्नसक्छ ।
पानी न पिउनुः
बिहान खाली पेटमा एक वा दुई ग्लास मनतातो पानी पिउँदा शरिरको टक्सिन बाहिर निस्कन पाउाछ । यसले फ्याट बर्निङ प्रोसेस स्लो हुने गर्दछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सभामुख अर्यालसँग भारतीय राजदूतको शिष्टाचार भेट
-
विश्वकप जित्ने मोरक्कोको सपना किन सम्भव देखिन्छ ?
-
सत्तापक्षकै सांसदले भने– राज्यकै लाचारीले जनता मिटर ब्याजको चङ्गुलमा परे
-
विरोधको शैली परिवर्तन गराउने सभामुखको प्रयास, तर विपक्षीलाई मनाउन सकेनन्
-
जाँचबुझ समितिले गर्यो संसदीय मर्यादा उल्लङ्घन भएको ठहर
-
लर्ड्समा पहिलो पटक महिला टेस्ट क्रिकेट, इङ्गल्यान्डले भारतको सामना गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण