कान्ति अस्पतालमा विस्तारित सेवा प्रभावकारी बन्यो
आइतबार, २० चैत २०७३, १९ : ००
काठमाडौँ, चैत २० – कान्ति बाल अस्पतालमा विस्तारित अस्पताल सेवा (इएचएस) अर्थात् पेइङ सेवाअन्तर्गत दिउँसो ३ बजेदेखि ५ बजेसम्म सुरु भएको विशेषज्ञ चिकित्सक सहितको ओपिडी सेवा प्रभावकारी बन्दै गएको छ ।
गत बुधबारदेखि सुरु भएको दिउँसो ३ बजेबाट साँझ ५ बजेसम्म चल्ने उक्त सेवामा हालसम्म तीन दिनमा करिब ५० भन्दा बढी बालबालिकाको उपचार भएको अस्पतालका निर्देशक डा. अजित रायमाझीले जानकारी दिए ।
देशभरको एक मात्र केन्द्रीय बाल अस्पतालका रुपमा रहेको कान्तिमा देशभरबाट उपचारका लागि आउने दैनिक बहिरङ्ग सेवामा ३०० बालबालिका उपचारका लागि आउने गर्छन् ।
बिरामीको अत्यधिक भीडका कारण निजी क्लिनिकमा महँगो शुल्कमा उपचार गराउनुपर्ने भएपछि अस्पतालमै रु ४५० शुल्क लाग्ने गरी सेवा विस्तार गरिएको हो ।
निर्देशक रायमाझीले प्रयोगशाला परीक्षणका लागि ल्याब तथा शल्यक्रिया शुल्क अरु बेलाको भन्दा बढी भए पनि बाहिरका निजी अस्पतालभन्दा सस्तो हुने बताए । यो सेवा सुरु भएपछि टाढाबाट बिरामी बच्चा लिएर आएका अभिभावक पालो नपाएर अन्यत्र भौतारिनुपर्ने बाध्यताको अन्त्य भएको छ । बिरामीले वरिष्ठ विशेषज्ञ सेवा पाउँछन् । निजीमा जस्तै यही अतिरिक्त समयको पारिश्रमिक पाएपछि चिकित्सकलाई पनि सजिलो भएको अस्पतालका वरिष्ठ बालरोग विशेषज्ञ डा कृष्ण पौडेलले बताए ।
अहिले परीक्षणकै क्रममा रहेकाले सेवालाई थप प्रभावकारी र सरल बनाउँदै लैजाने अस्पतालले जनाएको छ । स्वास्थ्य मन्त्रालयले विस्तारित सेवा सुरु गरेका संस्थामा काम गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीलाई कामका आधारमा ५० प्रतिशतसम्म भत्ता दिने व्यवस्थासमेत गरेको छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सभामुख अर्यालसँग भारतीय राजदूतको शिष्टाचार भेट
-
विश्वकप जित्ने मोरक्कोको सपना किन सम्भव देखिन्छ ?
-
सत्तापक्षकै सांसदले भने– राज्यकै लाचारीले जनता मिटर ब्याजको चङ्गुलमा परे
-
विरोधको शैली परिवर्तन गराउने सभामुखको प्रयास, तर विपक्षीलाई मनाउन सकेनन्
-
जाँचबुझ समितिले गर्यो संसदीय मर्यादा उल्लङ्घन भएको ठहर
-
लर्ड्समा पहिलो पटक महिला टेस्ट क्रिकेट, इङ्गल्यान्डले भारतको सामना गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण