बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय

यो हो गर्ने लगेज सुरक्षाको उपाय

सोमबार, २१ चैत २०७३, १० : ४२
सोमबार, २१ चैत २०७३
व्यक्तिगत, पारिवारिक या व्यावसायिक कारणले मानिसहरू फरक–फरक स्थानमा गइरहनुपर्ने हुन्छ । जुनसुकै प्रयोजनमा भ्रमण गर्नुपरे पनि आवश्यक सामग्री लैजान लगेज महत्वपूर्ण हुन्छ । आफूले बोकेको लगेज कमजोर भएमा त्यसले पूरै यात्रा खल्लो बनाउन सक्छ । यात्रालाई फलदायी, स्मरणीय र रमाइलो बनाउन लगेज ब्याग छनोटमा विशेष ध्यान दिनुपर्छ । कपटक प्रयोग गर्ने उद्देश्यले खरिद गर्ने ग्राहकको सामान्य खालको लगेज खरिद गर्दा हुन्छ । जस्तोसुकै पसलमा पाइने यस्ता लगेजमा कहिलेकाहीँ इन्टरनेसनल ब्रान्डका स्टिकर पनि टाँसेको पाइन्छ । सस्तो कम गुणस्तरको लगेजको फिनिसिङ पनि राम्रो हुँदैन । अधिकांश ग्राहकको रोजाइमा मूल्य र क्वालिटीका लागि पनि मिडियम लेभलका लगेज छनोट गर्छन् । यस्तो लगेजमा सामान्यतया ब्रान्डअनुसार दुईदेखि तीन वर्षको वारेन्टी सुविधा उपलब्ध हुन्छ । तर, यस्तो वारेन्टी नेसनल मात्र हुन्छ । मिडियम लगेजको विशेषता भनेको वाटरप्रुफ, फिनिसिङ राम्रो, डस्टप्रुफ, हलुका तौल भएको हुन्छ । यसका कुनैकुनै मोडेलमा एयरपोर्ट सेक्युरिटी लक पनि हुन्छ । लामो यात्रामा सामान सुरक्षित राख्न यस्तो लक राखिएको हो । यो नम्बर लकको एड्भान्स प्रविधि हो । हाई क्वालिटी लगेजका इन्टरनेसनल वारेन्टी सुविधा पाइन्छ । नेपालमा खरिद गरेको लगेज विदेश जाँदा बिग्रेमा पनि सम्बन्धित कम्पनीको सोरुममा वारेन्टी सुविधा लिन सकिन्छ । इन्टरनेसनल रूपमा चर्चित ब्रान्डहरूमा सामनाइट, अमेरिकन टुरिस्टर, डेल्हे, कार्लटनलगायतका लगेज पर्छन् । यस्ता लगेज पनि वाटरप्रुफ, फिनिसिङ राम्रो, डस्टप्रुफ, हलुका तौल भएको हुन्छ ।  

लगेजको सुरक्षा गर्ने तरिका

  —लगेजको क्षमता निर्धारण गरिएको हुन्छ । सोहीअनुसारको तौल भएको सामान मात्र राख्नुपर्छ । तौल बढी हुँदा लगेज बिग्रने सम्भावना बढी हुन्छ । —ढुवानी गर्ने क्रममा लगेजको ट्रली समतल भागमा मात्रै प्रयोग गर्नुपर्छ । खाल्डाखुल्डीमा ट्रली प्रयोग गर्दा स्ट्यान्ड भाँचिने तथा पांग्रा बिग्रने सम्भावना बढी हुन्छ । —लगेजमा तौल पुगेन भन्दैमा हलुका कपडा धेरै खाँदेर पनि राख्नुहुँदैन । यसले गर्दा चेन बिग्रने सम्भावना हुन्छ । —लगेजमा ओभरलोड सामान राख्दा सन्तुलनमा रहँदैन । यसले लगेजको वास्तविक सेप बिग्रन्छ । —काम सकिएर लगेज थन्क्याउँदा पनि विशेष ख्याल राख्नुपर्छ । सुरक्षित तरिकाले प्लास्टिक ¥यापिङ गरेर, अथवा कपडाले बेरेर लगेज राख्दा ढुसी लाग्दैन । —लगेजलाई कहिल्यै पनि धुनु हुँदैन । लगेज धुँदा बाहिरी भागलाई असर नपरे पनि त्यसको भित्री भने कमजोर हुन सक्छ । त्यसैगरी, लगेज धुँदा त्यसमा प्रयोग गरिएको जिपर खराब हुन्छ । —लगेजको सफाइ कोलिनले स्प्रे गर्दै कपडाले पुछेर गर्नुपर्छ । त्यसपछि शीतलमा सुकाउँदा लगेज नयाँजस्तै देखिन्छ । नयाँ पत्रिकाबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप