यदि तपाईं पनि व्यायाम गर्नुहुन्न भने सावधान !
बीबीसी
चैत २१ – बेलायत हार्ट फाउन्डेशनको एक रिपोर्ट अनुसार बेलायतमा दुई करोडभन्दा धेरै मानिस व्यायामबाट कोसौं टाढा छन् ।
संस्थाले दिएको चेतावनी अनुसार व्यायामभन्दा टाढा बस्ने मानिसहरुमा मुटुरोगको आशंका बढ्ने र राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएसं माथि हरेक वर्ष १.२ अर्ब पाउन्डको भार पर्ने गर्दछ ।
ह्यारियट मलवैनीलाई ४४ वर्षको उमेरमा हृदयघात भयो तब उनले आफ्नो दिनचर्यामा थोरै परिवर्तन ल्याउनुपर्यो ।
उनी भन्छिन्, ‘पछाडि फर्केर हेर्दा मलाई लाग्छ कि म निकै निष्क्रिय थिएँ । म सोच्थें कि म निकै सक्रिय छु तर वास्तवमा म त केवल व्यस्त थिएँ ।’
ह्यारियट मानव संसाधन सल्लाहकार हुन् र उनको दिनचर्या निकै व्यस्त हुनेगर्छ । उनी एक घण्टा कार चलाएर काममा पुग्छिन् र लगभग हरेक दिन आठदेखि १० घण्टा डेस्कमा बस्छिन् ।
त्यसपछि उनी परिवारसँग व्यस्त हुन्छिन् र यी सबै कुरा गर्दागर्दै उनको व्यायाम छुट्छ ।
पुरुषको तुलनामा महिला व्यायामबाट टाढा रहने सम्भावना ३६ प्रतिशत बढि हुन्छ ।
रिपोर्ट अनुसार ८३ लाख पुरुषको तुलनामा १.१८ करोड महिला व्यायामबाट टाढा रहन्छन् ।
रिपोर्टमा आँकडाको विश्लेषण गर्दै भनिएको छ, ‘बेलायती पुरुष आफ्नो जीवनको पाँचौं हिस्सा बसीबसी बिताउने गर्दछन् अर्थात् एक वर्षमा ७८ दिन । यो आँकडा महिलाका लागि प्रतिवर्ष ७४ दिन हो । ’
हृदयघात हुनुभन्दा पहिले ह्यारियटलाई रोगको केही लक्षण वा संकेत देखिएको थिएन ।
उनी भन्छिन्, ‘म ब्रस गर्नका लागि सिढिँ चढिरहेको थिएँ र सुत्ने तयारीमा थिएँ त्यतिबेला मेरो मुटुमा अत्यधिक पीडा भयो जुन बायाँ हात हुँदै मेरो माथिल्लो बंगारासम्म पुग्यो । मलाई त्यतिबेला महसुस भयो मामला गम्भीर छ ।’
ह्यारियटलाई स्पोन्टेनियस कोरोनरी आर्टरी डिसेक्सन नामको हृदयघात भयो जो निकै कम तर खतरनाक स्थिती हुने गर्दछ । मुख्य रुपमा वयस्क महिलामा यसको सम्भावना धेरै हुने गर्दछ ।
उनका अनुसार उनलाई योभन्दा पहिले कुनै गम्भीर रोग थिएन ।
बेलायतमा १० असामयिक मृत्युमध्ये एक मृत्यु व्यायाम नगर्ने कारणले हुने गर्दछ ।
तर ह्यारियटले तुरुन्त आफ्नो दैनिकीलाई परिवर्तन गरिन् र सक्रिय हुनुको अर्थ बिस्तारै बिस्तारै र लगातार चल्ने एक क्रिया हुने बताउँछिन् ।
उनले ब्रिटिश हर्ट फाउन्डेशनको ‘माई म्याराथन च्यालेन्व’ प्रतियोगितामा भाग लियो जसमा पूरा महिना दौडिरहने र हिँडिरहने हुन्छ ।
रिपोर्टका अनुसार बेलायतमा मुटुरोगबाट पीडित तीन चौथाई मानिसलाई निष्क्रिय पाइएको छ ।
संस्थाका अनुसार संसाभरी हुने ५० लाख मृत्यु निष्क्रियतासँग जोड्न सकिन्छ जसले यसलाई मृत्युको सबैभन्दा १० ठूदो कारणमध्ये एक बन्ने गर्दछ ।
संस्थाका एसोसियट मेडिकल डाइरेक्टर डा. माइक न्याप्टनका अनुसार व्यायामले मुटुरोगीमाथि ३५ प्रतिशत र समय हुनुभन्दा पहिलेको मृत्युमाथि ३० प्रतिशतलाई नियन्त्रणमा ल्याउन सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सभामुख अर्यालसँग भारतीय राजदूतको शिष्टाचार भेट
-
विश्वकप जित्ने मोरक्कोको सपना किन सम्भव देखिन्छ ?
-
सत्तापक्षकै सांसदले भने– राज्यकै लाचारीले जनता मिटर ब्याजको चङ्गुलमा परे
-
विरोधको शैली परिवर्तन गराउने सभामुखको प्रयास, तर विपक्षीलाई मनाउन सकेनन्
-
जाँचबुझ समितिले गर्यो संसदीय मर्यादा उल्लङ्घन भएको ठहर
-
लर्ड्समा पहिलो पटक महिला टेस्ट क्रिकेट, इङ्गल्यान्डले भारतको सामना गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण