बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय

अनि हुन्छ कम्प्युटर फास्ट

बुधबार, २३ चैत २०७३, १० : २५
बुधबार, २३ चैत २०७३
सुदीप घिमिरे आइटी प्रशिक्षक डिआइटी सोलुसन, बागबजार कम्प्युटर चलाउँदा धेरै नै अनावश्यक फाइल थुप्रिएर बसेको हुन्छ । त्यस्तो फाइलले कम्प्युटरको स्पेस ओगटेर कार्यक्षमतामा असर पु¥याएको हुन्छ । सकेसम्म चाँडो अनावश्यक फाइल डिलिट गर्नुपर्छ । त्यसका लागि रनमा क्लिक गरेर अभिबल%temp% टाइप गरेर इन्टर गर्ने र क्लिन गर्नुपर्ने ड्राइभमा क्लिक गर्नुपर्छ । त्यसपछि ओके बटनमा थिच्ने र स्टेप फलो गर्नुपर्छ । रनमा गएर ५तझउ५ टाइप गर्ने, इन्टर गर्ने र आएका फाइलहरू डिलिट गर्ने । हार्डडिक्सभित्र एउटा आल्मुनियमबाट बनेको प्ल्याटर हुन्छ । जो डाटा राइट र रिड हुँदा  चल्छ । यसमा भएको हेडले प्ल्याटरमा डाटा राइट र रिड गर्छ । हामीले डाटा राख्दा क्रमबद्ध भएर बसेको हुँदैन  । जसले गर्दा रिड गर्न हेडरलाई गाह्रो हुन्छ र स्लो हुन्छ । यसरी यताउता भएका एकै किसिमका फाइल मिलाउने काम डिस्क डिफ्र्यागम्याटले गर्छ । यसो गर्न रनमा जाने र विन्डोज एक्सपी हो भने  dfragui  र यदि विन्डोज सेभेनभन्दा माथि हो भने माचबनगष् टाइप गरेर इन्टर गर्ने । त्यसपश्चात् Analyze / Optimize   मा क्लिक गर्ने । केही समय लिएर कम्प्युटर आफैँले फाइललाई क्रमबद्ध मिलाएर राख्छ । कम्प्युटरको स्पिडमा डिभाइस ड्राइभरको निकै भूमिका हुन्छ । त्यसैले कम्प्युटरमा पूर्ण रूपमा ड्राइभर इन्स्टल वा अपडेट छ÷छैन हेर्नुपर्छ । ड्राइभरको डिटेल्स लिन रनमा जाने रdevmgmt.msc टाइप गरेर इन्टर गर्ने । अब इन्टरनेट अफ छ भने अन गर्ने र दिएको नाममा राइट क्लिक गरेर अपडेट वा इन्स्टल गर्ने । स्टार्टअपमा धेरै आइटम बस्दा कम्प्युटर अन हुँदा  ती सबै प्रोग्राम रन हुनुपर्ने हुन्छ । जसले गर्दा कम्प्युटर स्लो भएको महसुस हुन्छ । त्यही कारणले गर्दा स्टार्टअपमा आवश्यक आइटम मात्र राखेर अरू डिसेबल गर्नुपर्छ । स्टार्टअप भएका आइटम डिसेबल गर्न रनमा जाने,msconfig  टाइप गर्ने र इन्टर गर्ने । स्टार्टअप ट्याबमा क्लिक गर्ने । अब अनावश्यक स्टार्टअप आइटमलाई disable  अप्सन चुज गर्ने । युजमा नआउने प्रोग्रामहरू हटाउने । पहिला युजमा आएका तर अहिले नआएका सफट्वेयरहरूले पनि कम्प्युटर स्पेस ओगटिरहेको हुन्छ । त्यस्तो सफ्टवेयरलाई हटाउनुपर्छ । सफ्टवेयर हटाउन रनमा जाने र appwiz.cpl टाइप गरी इन्टर गर्ने । आफूलाई आवश्यक नरहेका प्रोग्राम चुज गर्ने र uninstall  मा क्लिक गर्ने र इन्स्ट्रक्सन फलो गर्ने । नयाँ पत्रिकाबाट  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप