बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय

थोरै मिहिनेतले मोटरसाइकल सधैँ चम्किलो

बुधबार, २३ चैत २०७३, १० : २७
बुधबार, २३ चैत २०७३
सहरी क्षेत्रमा मात्र होइन, अहिले राजमार्गका सडक पनि धुलाम्य भएका छन् । जसले गर्दा सवारीचालकलाई त धुलोले असर पु¥याएको छ नै, त्यसले सवारीसाधनलाई पनि खराब बनाइरहेको छ । यस्तो अवस्थामा सफा र चम्किलो मोटरसाइकल चलाउने चाहना पूरा गर्न समस्या नै हुन्छ । सधैँ सफा गर्न वास सेन्टरमा लाने सम्भव पनि हुँदैन । त्यसैले मोटरसाइकल घरैमा सफा र चम्किलो बनाइराख्ने तरिका पनि जान्न जरुरी छ । वासिङ सेन्टरमा नलगी घरैमा मोटरसाइकल सफा र चम्किलो बनाउने तरिकाबारे कायस्थ मोटर्सका नसिब कायस्थका सुुझाब यस्ता छन् : बाइकमा लागेको धुलोमैलो सफा गर्न सबैभन्दा पहिला पानी प्रयोग गर्नुुपर्छ । पानीसँगै स्याम्पु लगाएर रगडेर बाइक पुछ्नु राम्रो हुन्छ । स्याम्पुको प्रयोगले धेरै परिश्रम नगरीकनै मोटरसाइकलमा लागेको हिलो तथा मैलोको दाग सफा गर्न सकिन्छ । बाइक रगड्नलाई भने फम प्रयोग गर्न सकिन्छ । तर, पानी धेरै छ्याप्दा इलेक्ट्रिकल पार्टस्मा धेरै नपरोस् भन्नेमा भने सचेत हुनुपर्छ । पानीले मोटरसाइकल सफा गरे पनि कुनाकाप्चामा बाँकी रहेको पानीलाई सफा तथा सुक्खा कपडाले पुछ्नुपर्छ । बाइकलाई पूरै सुक्खा बनाउनु अत्यन्त आवश्यक छ । अन्यथा ब्याट्री, इन्जिन, प्लग एरियामा पानीका थोपा रहिरहन सक्छ । सुक्खा नबनाउँदा बोल्ट भएका स्थानमा खिया लाग्ने सम्भावना रहन्छ । बाइकलाई सफा गरेपछि चम्किलो बनाउन आफैँले पोलिसिङ गर्नु राम्रो हुन्छ । यसका लागि वेक्स पोलिस या अन्य रेगुलर पोलिस रोज्न सकिन्छ । फमको सानो टुक्रामा पोलिस राखेर त्यसलाई पूरै फर्मभरि पर्ने गरी मिच्ने । त्यसपछि पूरै बाइकमा एकपटक लगाएर करिब १५ मिनेट त्यतिकै सुक्न दिने । मोटरसाइकलमा पोलिस गरिसकेपछि सुक्खा कपडाले पुछ्नुपर्छ । यसरी थोरै मिहिनेत गरेर घरैमा मोटरसाइकल तथा स्कुटर सोरुमबाट भर्खरै निकालेको जस्तो चम्किलो बनाउन सकिन्छ । यस्तो बाइक चलाउनुको मज्जा नै फरक हुन्छ । नयाँ पत्रिकाबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप