जान्नुहोस् , स्मार्टफोन छनोट गर्ने सरल तरिका
शनिबार, २६ चैत २०७३, १० : ५७
सुजन राजभण्डारी, सञ्चालक, प्रिन्स मोबाइल, बानेश्वर
स्मार्टफोन खरिद गर्नुअघि तपाईं कुन विषयलाई बढी महत्व दिनुहुन्छ ? यदि मूल्यलाई नै आधार मानेर स्मार्टफोन छनोट गर्नुहुन्छ भने त्यो मूर्खता हुन सक्छ । स्मार्टफोन किन्नुअघि ग्याजेटमा प्रयोग हुने सामान्य एसेसरिज तथा शब्दावलीबारे जानकारी राख्नुपर्छ । ग्याजेटका सामान्य शब्द तथा एसेसरिजको महत्व थाहा पाउँदा आफ्नो आवश्यकता तथा बजेटअनुसार उपयुक्त स्मार्टफोन छनोट गर्न निकै सहयोग पुर्याउँछ । स्मार्टफोनका फिचर्सअनुसार त्यसको उपयोगिताका बारेमा जानकारी प्राप्त गर्ने सरल तरिकाबारे प्रिन्स मोबाइलका सञ्चालक सुजन राजभण्डारीका सुझाब यस्ता छन् :
ग्याजेटको ब्याट्रीको क्षमता थाहा पाउन त्यहाँ उल्लेख गरिएको एमएएच कति छ, हेर्ने बानी गर्नुपर्छ । एमएएच कुनै पनि डिभाइसमा प्रयोग गरिएको ब्याट्रीको इनर्जी क्यापासिटी युनिट हो । सरल भाषामा भन्दा ब्याट्रीको एमएएच जति बढी हुन्छ, त्यसको इनर्जी क्यापासिटी पनि त्यति नै बढी हुन्छ ।
फोनको क्यामेराको स्क्रिन क्वालिटी पत्ता लगाउन रेजलुसन महत्वपूर्ण हुन्छ । यसको मतलब पनि सरल नै छ, रेजलुसन जति बढी हुन्छ, फोनको डिस्प्लेको क्लालिटी पनि त्यति नै गुणस्तरीय हुन्छ । सेल्फी खिच्न रुचाउने तथा फोटोका सौखिनहरूले मोबाइल खरिद गर्दा रेजलुसनमा ध्यान दिनुपर्छ ।
क्यामेरामा मेगापिक्सलको काम फोटोको आकार बढाउने हो । तपाईंले छनोट गरेको मोबाइलमा जति बढी मेगापिक्सलको क्यामेरा लेखिएको छ, त्यति नै गुणस्तरीय तस्बिर खिच्न सकिन्छ । फोटोका सौखिनहरूले मेगापिक्सलमा पनि ध्यान दिनुपर्छ ।
स्मार्टफोन खरिद गर्दा हेर्नुपर्ने अर्को महत्वपूर्ण डिभाइस बुफर हो । बुफर लाउडस्पिकरजस्तो एक प्रकारको डिभाइस हो । यसले हाई फ्रिक्वेन्सी साउन्डलाई पनि व्यवस्थापन गरेर लो फ्रिक्वेन्सीमा परिवर्तन गरिदिन्छ । म्युजिकमा रुचि हुनेहरूले बुफरमा ध्यान दिँदा आफ्नो इच्छाअनुसार मोबाइलको सदुपयोग गर्न सकिन्छ ।
मोबाइल छनोट गर्दा ६४ बिट प्रोसेसर भएको उत्तम हुन्छ । यसको अर्थ स्मार्टफोनमा प्रयोग गरिएको प्रोसेसरमा बढी ¥याम, गुणस्तरीय ब्याट्री ब्याकअप, उच्चस्तरीय क्यामेरा फिचर्सलाई यसले सपोर्ट गर्छ ।
स्मार्टफोनमा उल्लेख गरिने एलटिईको अर्थ लङ टाइम इभोलुसन हो । सरल भाषमा भन्दा यदि कुनै फोनमा एलटिई फिचर छ भने यसको अर्थ हुन्छ सो फोनमा फोर–जी फिचर पनि प्रयोग गर्न सकिन्छ । नेपालमा फोर–जी सुरु भइसकेको कारण एलटिई फिचरबाट तीव्र गतिमा इन्टरनेट चलाउन सकिन्छ ।
मोबाइलमा रहेको हटस्पोट महत्वपूर्ण फिचर हो । यसको सहयोगले एउटा डिभाइसले आफ्नो इन्टरनेट कनेक्सनको वाइफाईको सहयोगले अन्य डिभाइससँग सेयर गर्न सकिन्छ ।
स्मार्टफोनमा उल्लेख गरिने अर्को शब्द हो, डब्लुसिडिएमए । सरल भाषामा यसलाई सम्झनुपर्दा थ्रिजी टेक्नोलोजी हो । इन्टरनेटमा रमाउने चाहनेहरूले यस्तो विषयमा जानकारी राख्दा फाइदाजनक नै हुन्छ ।
मोबाइलमा प्रयोग गरिएको फोर–के डिस्प्ले क्वालिटी पछिल्लो समय निकै चर्चित छ । यसको मतलब सो डिभाइसमा एचडीभन्दा पनि आठगुना बढी क्वालिटीको डिस्प्ले रहेको छ । फोर–के डिस्प्ले क्वालिटीको मतलब चार हजार पिक्सेल हुन आउँछ । आफ्नो डिभाइसमा गेम खेल्ने तथा म्युजिक या अन्य भिडियो हेर्न रुचाउनेका लागि फोर–के फिचर निकै महत्वपूर्ण हुन्छ ।
ऐन्ड्रोइड–७ मार्समेलो एन्ड्रोइड अपरेटिङ सिस्टमको लेटेस्ट भर्सन हो । योभन्दा अघिल्लो भर्सन भने एन्ड्रोइड–६ मार्समेलो हो । मोबाइल खरिद गर्दा यस्ता विषयमा ध्यान दिएमा लेटेस्ट मोडेल छनोट गर्न सजिलो हुन्छ ।
नयाँ पत्रिकाबाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सभामुख अर्यालसँग भारतीय राजदूतको शिष्टाचार भेट
-
विश्वकप जित्ने मोरक्कोको सपना किन सम्भव देखिन्छ ?
-
सत्तापक्षकै सांसदले भने– राज्यकै लाचारीले जनता मिटर ब्याजको चङ्गुलमा परे
-
विरोधको शैली परिवर्तन गराउने सभामुखको प्रयास, तर विपक्षीलाई मनाउन सकेनन्
-
जाँचबुझ समितिले गर्यो संसदीय मर्यादा उल्लङ्घन भएको ठहर
-
लर्ड्समा पहिलो पटक महिला टेस्ट क्रिकेट, इङ्गल्यान्डले भारतको सामना गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण