कसरी वृद्ध व्यक्तिलाई खुसी बनाउने ?
शनिबार, २६ चैत २०७३, ११ : ००
कल्पना बयजू (सुवाल), सहारा केयर सेन्टर, सिर्जनानगर, भक्तपुर
मानिसको उमेर बढ्दै गएपछि उनीहरू बच्चाको जस्तो व्यवहार गर्छन् । सोही कारण घरका ज्येष्ठ सदस्यहरू चाँडै रिसाउने, सानै कुरामा खुसी हुने, एउटै कुरा बारम्बार बताइरहनेजस्ता क्रियाकलाप गर्छन् । यस्तो वेलामा उनीहरूको मनोभावना बुझेर व्यवहार गर्नुपर्ने हुन्छ । वृद्ध उमेरका व्यक्तिहरूसँग असल व्यवहार गर्ने तरिकाका बारेमा सहारा केयर सेन्टरका सञ्चालक कल्पना बयजूका सुझाब यस्ता छन् :
उमेर बढ्दै गएपछि बिर्सने रोग अल्जाइमरको लक्षण देखिन सक्छ । एउटै कुरा बारम्बार भनिरहने तथा एकैछिनअगाडि खाएको पनि बिर्सेर भोक लाग्यो भन्नेजस्ता क्रियाकलाप गर्छन् । यस्तो अवस्थामा नरिसाई नियमित सेड्युल नै बनाएर खाना, औषधिलगायतका कुरा दिनुपर्छ ।
ज्येष्ठ नागरिकले एउटै कुरा धेरैपटक भनिरहँदा भर्खर भनेको, कति कराको भन्नेजस्ता शब्द प्रयोग गर्नु हुँदैन । यस्तो भनेको उनीहरूले मन पनि पराउँदैनन् । त्यसैले झर्को नमानी कुरा सुनिदिनुपर्छ ।
उनीहरूलाई मनपर्ने परिकार, खुसी बनाउने काम गर्नुपर्छ । सोहीअनुसार व्यवहार गरेर उनीहरूलाई सकेसम्म खुसी बनाउने प्रयास गर्नुपर्छ ।
सरसफाइ र स्वास्थ्यमा सबैभन्दा बढी ख्याल राख्नुपर्छ । नियमित तालिका नै बनाएर हप्तामा एक–दुईपटक नुहाइदिने, नङ काट्ने, कपडा फेरिदिनेलगायतका काम गर्नुपर्छ ।
कतिपय डिमेन्सिया र अल्जाइमर भएका ज्येष्ठ नागरिकलाई दिसा–पिसाब आएको पनि थाहा हुँदैन । त्यसैले उनीहरूलाई डाइपर लगाइदिने या निश्चित समयको फरकमा दिसा–पिसाब गराउन लानुपर्छ ।
उनीहरूको बाह्य तथा आन्तरिक स्फूर्तिका लागि कसरत\योगा गराउनु राम्रो हुन्छ । यस्तो कार्य बिहानको समयमा नै गर्नुपर्छ भन्ने छैन । कतिपय ज्येष्ठ नागरिक बिहान अबेलासम्म सुत्न रुचाउँछन् । त्यसैले उनीहरूको इच्छाअनुसार बिहान, दिउँसो वा बेलुका पनि कसरत गराउन सकिन्छ ।
अहिले वृद्ध भए पनि पहिला सक्रिय युवा नै थिए भन्ने कुरा मनमा राख्नुपर्छ । सबैजना सोही अवस्थामा पुग्नैपर्छ भन्ने पनि बिर्सनु हुँदैन । यो समयचक्रलाई विशेषगरी घरमा भएका बच्चाहरूलाई जानकारी गराउनुपर्छ । उनीहरूलाई बुझाउन सकेमा ज्येष्ठ नागरिकलाई केयर गर्न धेरै सजिलो हुन्छ ।
वृद्धहरूको बानीव्यहोरा तथा मन पनि बच्चाको जस्तो हुन्छ । चकलेट, चिजबलजस्ता परिकार पनि खाने इच्छा राख्छन् । सधैँ स्वास्थ्यलाई मात्र हेरेर सबै कुरामा बन्देज लगाउँदा नराम्रो असर पर्न सक्छ । कहिले उनीहरूको खुसीका लागि यस्तो परिकार खुवाउँदा पनि हुन्छ ।
नयाँ पत्रिकाबाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सभामुख अर्यालसँग भारतीय राजदूतको शिष्टाचार भेट
-
विश्वकप जित्ने मोरक्कोको सपना किन सम्भव देखिन्छ ?
-
सत्तापक्षकै सांसदले भने– राज्यकै लाचारीले जनता मिटर ब्याजको चङ्गुलमा परे
-
विरोधको शैली परिवर्तन गराउने सभामुखको प्रयास, तर विपक्षीलाई मनाउन सकेनन्
-
जाँचबुझ समितिले गर्यो संसदीय मर्यादा उल्लङ्घन भएको ठहर
-
लर्ड्समा पहिलो पटक महिला टेस्ट क्रिकेट, इङ्गल्यान्डले भारतको सामना गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण