बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय

यसरी गरौँ घरको सफाइ

शनिबार, २६ चैत २०७३, ११ : ०४
शनिबार, २६ चैत २०७३
घरको झ्याल–ढोका, सिसालगायतको धुलो सफा गर्न भिजेको कपडा प्रयोग गर्नुपर्छ । सुक्खा कपडाले धुलो सफा गर्दा यसको कण केही समय हावामा उड्छ र पछि फेरि उही ठाउँमा जम्मा हुन्छ । तर, भिजेको कपडाले धुलो टिप्ने भएकाले सफा गर्न सहज हुन्छ । घरको मुख्य द्वारको दुवैतर्फ धुलो–माटो सोस्ने क्षमता भएको डोरम्याट राख्नुपर्छ । त्यसबाट घरलाई बाहिरी धुलोबाट जोगाउन सकिन्छ । धुलो बढी सोस्ने सामान कम प्रयोग गर्नुपर्छ । सबै कोठामा कार्पेट बिछ्याउनु हुँदैन र कम फर्निचर राख्नुपर्छ । झ्याल सफा गर्दा भित्रको भागलाई लम्बाइ र बाहिरको भागलाई चौडाइको दिशामा सफा गर्नुपर्छ । यसो गर्नाले दाग छुटेको थाहा पाउन सजिलो हुन्छ । काँइयोको प्रयोग भरसक बाथरुममै गर्नु राम्रो हुन्छ । हरेक महिना घरको सबै कोठाका सरसामान हटाएर भुइँ तथा भित्ता सफा गर्नुपर्छ । भुइँमा कार्पेट ओछ्याइएको भए त्यसलाई उठाएर सफा गर्नुपर्छ । कार्पेट सफा गर्न दैनिक वा सातामा एकपटक ‘भ्याक्युम क्लिनर’ प्रयोग गर्नुपर्छ । आलमारी पनि नियमित रूपमा सफा गर्नुपर्छ । सम्भव भएसम्म कपडालाई ब्यागमा राख्नुपर्छ । जुत्तालाई बक्समा राख्नुपर्छ र सकेसम्म त्यसलाई सुत्ने कोठासम्म पुर्‍याउनु हुँदैन । काठका फर्निचरलाई पहिले भिजेको कपडाले र पछि सुक्खा कपडाले सफा गर्नुपर्छ । बेडसिट, तकियाको खोल, पर्दा तथा कुसन कभर प्रत्येक साता बदल्नुपर्छ । यिनलाई मनतातो पानीले धुनुपर्छ । बेडरुममा कुनै प्रकारको इन्डोर प्लान्ट राख्नु हुँदैन । बाथरुम सावरलाई प्रयोगपछि सफा गर्नुपर्छ । सावरभित्र पानी जम्ने र किटाणु फैलने भएकाले समय–समयमा त्यसको सफाइ गर्नुपर्छ । सावरको प्वाल बन्द भएमा त्यसलाई निकालेर प्लास्टिक ब्यागमा रातभर डुबाएर राख्नुपर्छ । यसो गर्दा सावरको प्वाल खुल्छ । टुथब्रस प्रयोग गरेपछि राम्रोसँग धुनुपर्छ र सुक्खा स्थानमा राख्नुपर्छ । यसलाई हरेक तीन महिनामा बदल्नुपर्छ । भिजेको तौलियामा किटाणु फैलने सम्भावना बढी हुन्छ । तौलियालाई दिनहुँ धोएर घाममा सुकाउनुपर्छ । बिरामीका लागि छुट्टै तौलियाको व्यवस्था गर्नुपर्छ । तौलिया व्यक्तिगत हुनुपर्छ । नयाँ पत्रिकाबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप