नसा च्यापिने कारण समाधानका उपाय
शनिबार, २६ चैत २०७३, ११ : १०
डा. श्रीकृष्ण गिरी, हाडजोर्नी विशेषज्ञ, वीर हस्पिटल
नेपालमा पछिल्लो समय धेरै व्यक्तिलाई नसा च्यापिने समस्याले सताउन थालेको छ । जसका कारण दैनिक गरिरहेको सामान्य काम तथा हिँडडुल पनि कठिन भइरहेको हुन्छ । मानिसको शरीरमा हुने प्रत्येक हड्डीको बीच भागमा एउटा डिस्क हुन्छ । सो डिस्क कुरकुरे हड्डीजस्तै हुन्छ । निरन्तर धेरै काम गर्दा, दुर्घटना हुँदा, धेरै मुभमेन्ट गर्दा तथा खेलकुदका क्रममा पनि सो डिस्क हड्डीको बीचबाट बाहिर निस्कन सक्छ । यसरी हड्डीबाट डिस्क बाहिर निस्कँदा नसा च्यापिने सम्भावना अत्यधिक रहन्छ । यसको प्रत्यक्ष असर खुट्टातिर पर्छ ।
शरीरको जुन भागको नसा च्यापिएको छ, सोही भागमा बढी दुखाइ महसुस हुन्छ । जस्तो: शरीरको देब्रे भागमा नसा च्यापिएको छ भने त्यसको असर देब्रे खुट्टामा पर्छ ।
शरीरमा नसा च्यापिएको छ भने अत्यधिक दुख्ने, पोल्ने, एक ठाउँमा बस्न नहुने, हात–खुट्टा दुख्ने हुन्छ । त्यस्तै, दैनिक सामान्य तरिकाले गरिरहेको काम पनि गर्न नसक्ने, निहुरिन कठिन हुने, पोल्नेजस्ता समस्या पनि देखापर्न सक्छ ।
नसा च्यापिएमा शरीरको कुनै भाग चलाउन नै नसकिने पनि हुन सक्छ । यही कारणले गर्दा शरीरको एक भाग नचल्ने अथवा प्यारालाइसिस हुन सक्छ ।
नसा च्यापिएको अवस्थामा औषधिले दुखाइ कम गर्न केही सहयोग पुग्छ । तर, दीर्घकालीन रूपमा औषधि उपचार पद्धति ठीक होइन । यसका लागि फिजियोथेरापी नै आवश्यक पर्छ ।
तर, नसा पूरै बाहिर निस्किएको छ भने त्यसलाई शल्यक्रियामार्फत उपचार गर्नुपर्ने हुन्छ । यसरी बाहिर निस्किएको नसा पुनः पहिलाकै स्थानमा भित्र हाल्नुपर्छ ।
फिजियोथेरापीमार्फत बिरामीको उपचार गर्दा सबैभन्दा पहिले दुखाइ कम गर्न उसलाई इन्जेक्सन दिने गरिन्छ ।
नयाँ पत्रिकाबाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सभामुख अर्यालसँग भारतीय राजदूतको शिष्टाचार भेट
-
विश्वकप जित्ने मोरक्कोको सपना किन सम्भव देखिन्छ ?
-
सत्तापक्षकै सांसदले भने– राज्यकै लाचारीले जनता मिटर ब्याजको चङ्गुलमा परे
-
विरोधको शैली परिवर्तन गराउने सभामुखको प्रयास, तर विपक्षीलाई मनाउन सकेनन्
-
जाँचबुझ समितिले गर्यो संसदीय मर्यादा उल्लङ्घन भएको ठहर
-
लर्ड्समा पहिलो पटक महिला टेस्ट क्रिकेट, इङ्गल्यान्डले भारतको सामना गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण