तपाईंको कपाल चाँडै सेतो हुँदैछ ? : मुटुको समस्या हुनसक्छ
एजेन्सी
काठमाडौँ, चैत २७ – उमेर नपुगी कपाल सेतो हुने व्यक्तिहरुमा मुटुको समस्या हुने बढी सम्भावना रहने एक अध्ययनले देखाएको छ ।
‘उमेर ढल्किनुभन्दा अघि नै कपाल सेतो भयो भने त्यो मुटुसम्बन्धि रोगको संकेत रहेको हाम्रो अध्ययनले देखाएको छ,’ इजिप्टि स्थित कायरो विश्वविद्यालयका कार्डियोलोजिस्ट इरिनी स्यामुअलले भने ।
रक्तनलीमा बोसो जम्ने एथ्रोस्क्लेरोसिस र कपाल सेतो हुने प्रक्रियामा समानताहरु रहेका छन् जसमा डिएनए रिपेयर, तनाव, सुनिन्ने र हर्मोन परिर्वतनहरु रहेका छन् । एथ्रोस्क्लेरोसिस र कपाल सेतो हुने प्रक्रियाको एउटै जैविक मार्ग हुन्छ जुन उमेरसँगै बढ्छ,’ स्यामुअलले थपे ।
स्पेनको मालागामा आयोजित युरोप्रिभेन्ट २०१७ नामक युरोपियन एसोसिएसन अफ प्रिभेन्टिभ कार्डिओलोजीको वार्षिक सम्मलेनमा उक्त अध्ययन प्रस्तुत गरिएको थियो ।
रक्तनलीमा समस्या हुने विरामीमा सेतो कपाल बढी पाइएको उक्त अध्ययनमा भनिएको छ ।
कपाल कति सेतो भन्ने कुरालाई पनि ५ वटा प्रकारमा विभाजन गरिएको थियो । जसमा सम्पूर्ण सेतो देखि केही भाग सेतोसम्म रहेको थियो ।
मुटु रोग लाग्न सक्ने अन्य कारण जस्तै तनाव, डायबिटिज, धुम्रपान, परिवारको इतिहासलगातलाई पनि यो अध्ययनमा ध्यान दिइएको थियो ।
अध्ययनकर्ताहरुका अनुसार जति धेरै सेतो कपाल, त्यतिनै धेरै मुटुमा समस्या रहेको अध्ययनको निश्कर्ष पाइएको थियो । त्यस्ता मानिसहरुको रक्तनलीमा समस्या देखिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सभामुख अर्यालसँग भारतीय राजदूतको शिष्टाचार भेट
-
विश्वकप जित्ने मोरक्कोको सपना किन सम्भव देखिन्छ ?
-
सत्तापक्षकै सांसदले भने– राज्यकै लाचारीले जनता मिटर ब्याजको चङ्गुलमा परे
-
विरोधको शैली परिवर्तन गराउने सभामुखको प्रयास, तर विपक्षीलाई मनाउन सकेनन्
-
जाँचबुझ समितिले गर्यो संसदीय मर्यादा उल्लङ्घन भएको ठहर
-
लर्ड्समा पहिलो पटक महिला टेस्ट क्रिकेट, इङ्गल्यान्डले भारतको सामना गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण