बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय

थाहा पाउनुहोस् यस्तो खतरनाक रोगबारे जब आफ्नै हात बन्नेछ ‘दुश्मन’

सोमबार, २८ चैत २०७३, १५ : २१
सोमबार, २८ चैत २०७३

एजेन्सी

चैत २८ – कल्पना गर्नुहोस्, तपाईं आरामसँग कुर्सीमा पल्टिरहनुभएको छ । केही बेरपछि आफ्नो घाँटीमा कसैको हातले बेस्सरी समातेको महसुस गरेर तपाईं ब्यूँझनुहुन्छ । उठ्दा थाहा पाउनुहुन्छ कि तपाईंले जे महसुस गर्नुभयो, त्यो वास्तविक हो तर आफ्नो घाँटी आफ्नै दायाँ हातले थिचिरहेको देखेपछि तपाईंमा पक्कै पनि अचम्म र डरको भाव मिश्रित हुन्छ ।

तपाईंले चाहेर पनि त्यसलाई रोक्न सक्नुहुन्छ । तपाईंको हात तपाईंको नियन्त्रणमा हुँदैन । ठूलो मुश्किलले तपाईं आफ्नो अर्को हातले अर्को हातको औंलालाई गलाबाट एक एक गरी मुक्त गर्नुहुन्छ जसरी अरु मानिसको हात आफ्नो गलाबाट छुटाउनुहुन्छ ।

यस्तै हुन्छ, मस्तिष्को अगाडिको भाग फ्रन्टल लोबको तल्लो भाग क्षतीग्रस्त हुँदा । साथै कर्पस कोलोसमको अगाडिको भागमा पनि क्षती हुन्छ । कर्पस केलोसम नर्भ फाइबर्सको पुलको रुपमा काम गर्दछ जसले दायाँ र बायाँ सेरिब्रल हेमिस्फियर्सलाई एकअर्कासँग जोड्ने गर्दछ, आपसमा सूचनालाई आदान प्रदान गर्ने गर्दछ । कार्य समन्वय हुन्छ । उक्त पूल क्षतीग्रस्त हुँदा उनीहरुबिच सम्बन्धविच्छेद हुन्छ र आफ्नै हात ‘दुश्मन’ को जस्तो हुन्छ ।

यसलाई ‘एलियन ह्यान्ड सिन्ड्रोम’ भनिन्छ । बिरामी अफिस टेबलमा बसेर दायाँ हातले केही लेखिरहेका हुन्छन् । त्यतिबेलै उनको इच्छा बिना, उनलाई थाहै नभई उनको बायाँ हात चल्छ र टेबलमा राखिएको पानी ग्लासलाई बेस्सरी समाएर फुटाइदिन्छ । उनको आफ्नै हात अन्य व्यक्ति जसरी काम गर्छ । गला दबाउने विकृत क्रिया यसैको प्रारुप हो ।

कुनै बिरामीको हात यतिसम्म बिरानो हुन्छ कि दबै एक अर्काको विपरित काम गर्दछ । उदाहरणका लागि दायाँ हातले सर्टको बटन लगाइरहेको हुन्छ भने बायाँ हातले खोलिदिन्छ । दायाँ हातले ग्लास उठाउँदै छ भने बायाँले हातलाई रोक्छ । एउटा हातले मोजा लगाइरहेको छ भने अर्कोले त्यसलाई फुकालिदिन्छ । यस्तो विरोधी प्रक्रिया कर्पस केलोसम क्षतीग्रस्त हुँदा हुने गर्दछ ।

एक महिलालाई बाल्यकालदेखि नै मिर्गीले निकै सताएको थियो । उनको स्थितीलाई औषधीले नियन्त्रण गर्न नसकेपछि डाक्टरहरुले शल्यक्रिया गरी कर्पस कोलेसमलाई हटाइदिए । उनको रोग निको पनि भयो । डाक्टरलाई फलो अपका लागि भेट्न गएकी थिइन् । महिलासँग कुराकानीको क्रममा डाक्टर आश्चर्यचकित हुँदै कराउन थाले, ‘अरे, तिमी किा ब्लाउजको बटन खोलिरहेकी छौ ?’ महिलालाई थाहा नै थिएन कि उनको एक हातले बटन खोलिरहेको थियो । निकै निकै आत्तिँदै अर्को हातले बटन लगाउन थालिन् । डाक्टरलाई उनको स्थिती असामान्य भएको त्यतिबेला महसुस भयो कि जब उनको अर्को हातले पुनः बटन खोल्न थाल्यो ।

मस्तिष्कको यो भागलाई एन्टीरियर सेरिब्रल आर्टरीले रक्तसंचार गर्ने गर्दछ जुन अवरुद्ध हुँदा (थेम्ब्रोसिस) यो भागको मस्तिष्क घात हुने गर्दछ जसका कारण एलियन ह्यान्ड सिन्ड्रोम हुने गर्दछ । दायाँ तर्फको मस्तिष्क घातमा बायाँ हात र बायाँतर्फको घातमा दायाँ हात बिरामीको नियन्त्रणमा हुँदैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप