सरकारले ल्याउँदै हैजा नियन्त्रण गर्न नयाँ योजना
सोमबार, २८ चैत २०७३, १८ : ११
काठमाडौँ, चैत २८ – सरकारले झाडापखाला एवम् कलेरा (हैजा) को नियन्त्रणसम्बन्धी नयाँ पञ्चवर्षीय तयारी तथा सम्बोधन योजना सुरु गरेको छ ।
नेपाल हैजाको जोखिममा छ । हरेक वर्ष विभिन्न स्थानमा महामारीको रुपमा फैलँदा धेरै मानिसले ज्यान गुमाइरहेकाले यसको नियन्त्रण गर्न स्वास्थ्य मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले आज पञ्चवर्षीय तयारी तथा सम्बोधन योजना सार्वजनिक गरेको हो ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा भीम आचार्यले आगामी दिनमा सरकारी तथा गैह्रसरकारी संस्थाका लागि हैजा नियन्त्रणसम्बन्धी काम गर्न उक्त योजना मुख्य दस्तावेज हुने बताए।
उनले भने, ‘‘हैजा नियन्त्रणका लागि गर्न सकिने सुधारका अवसर, चुनौती, वर्तमान कार्यक्रमको सबल र कमजोर पक्षबारे योजनामा गहन विश्लेषण गरिएको छ । यसको मुख्य उद्देश्य भनेको देशभर हैजाका घटनामा कमी ल्याई जनताको स्वास्थ्यमा सुधार ल्याउनु हो ।’
महाशाखाका उपस्वास्थ्य प्रशासक डा गुणनिधि शर्माले योजनाले हैजा फैलन नदिने, हैजाबाट हुने मृत्युका घटना र महामारी नियन्त्रणको लागि सहयोगात्मक र समन्वयात्मक व्यवस्था गर्ने बताए ।
दूषित पानी र खानाबाट सर्ने हैजा छिटो एकबाट अर्को व्यक्तिमा सर्ने रोग हो । समयमा उपचार नभए ज्यान जानसक्छ । वान्ता हुनु, पालतो दिसा हुनु र जीउ शिथिल हुनुजस्ता लक्षण देखिने हैजा ब्याक्टेरियाबाट सर्ने गर्दछ ।
विश्वमा २८ हजार देखि १ लाख ४२ हजार जना व्यक्तिको हैजाको कारण मृत्यु हुने गरेको विश्व स्वास्थ्य सङ्गठनको उल्लेख गरेको छ । गत वर्षमात्र काठमाडौँ उपत्यकामा दूषित पानीका कारण १६९ व्यक्तिमा हैजा देखिएको पुष्टि भएको थियो । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सभामुख अर्यालसँग भारतीय राजदूतको शिष्टाचार भेट
-
विश्वकप जित्ने मोरक्कोको सपना किन सम्भव देखिन्छ ?
-
सत्तापक्षकै सांसदले भने– राज्यकै लाचारीले जनता मिटर ब्याजको चङ्गुलमा परे
-
विरोधको शैली परिवर्तन गराउने सभामुखको प्रयास, तर विपक्षीलाई मनाउन सकेनन्
-
जाँचबुझ समितिले गर्यो संसदीय मर्यादा उल्लङ्घन भएको ठहर
-
लर्ड्समा पहिलो पटक महिला टेस्ट क्रिकेट, इङ्गल्यान्डले भारतको सामना गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण