आयुर्वेदका कुराः बिर्सेर पनि सँगै नखानुहोस् यी १० खानेकुरा
एजेन्सी
चैत २९ – आयुर्वेदमा खान–पिनको विषयमा नियम बनाइएको छ । आयुर्वेदमा विपरित गुण वा विपाक (पचेपछिको तासिर) भएका खानेकुरा एकैपटक खानुहुँदैन । नभए स्वास्थ्यमा समस्या हुनसक्छ । भारतीय ज्ञान विश्वविद्यालयका आयुर्वेद विभाग के डा. अखिलेख सिंहले यस्तै १० खानेकुराबारे जानकारी दिएका छन् ।
दुधसँगै दहीः
आयुर्वेदका अनुसार दुबै विपरित प्रकृतिका आहार हुन् । यो सँगै खाँदा कब्जियत वा झाडा लाग्न सक्छ ।
दुधसँगै नुनिलो खानेकुराः
नुनसँग मिल्दा दुधमा भएको प्रोटिनको पोषक तत्व कम हुने गर्दछ । छालाको समस्या पनि निम्तिन सक्नुहुन्छ ।
दही र फलफूलः
दुबैमा भिन्न इन्जाइम हुन्छ । दही र फलफूल सँगै खाँदा रुघा–खोकी र एसिडिटीको समस्या हुनसक्छ ।
दुघसँगै माछाः
दुबै विपरित प्रकृतिका आहार हुन् । यी खानेकुरा एकैपटक खाँदा छालाको समस्या हुनसक्छ ।
गुलियो फलसँगै अमिलो फलः
यी दुई प्रकारको फलमा विपरित गुण हुन्छन् । सँगै खाँदा पेट गडबडी हुनसक्छ ।
फ्रुट जुस ककटेलः
गुलियो र अमिलो फलको जूसले एसिडिटी र झाडा जस्तो समस्या निम्त्याउन सक्छ ।
मह र घ्यूः
आयुर्वेद अनुसार यी दुई खानेकुरालाई समान मात्रामा मिसाएर खाँदा विष सरह हुन्छ ।
गरम मसला र दुधः
दुध शीत प्रकारको हुन्छ र गरम मसाला ऊष्ण अर्थात् गर्मी हुन्छ । यी दुई एकैपटक खाँदा पेटको समस्या हुने गर्दछ ।
खानासँगै फलफूलः
खानामा पाइने एसिड पाचन एसिडसँग मिलेर एसिडिटी बढाउँछ । यसले अपचको समस्या निम्त्याउँछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सभामुख अर्यालसँग भारतीय राजदूतको शिष्टाचार भेट
-
विश्वकप जित्ने मोरक्कोको सपना किन सम्भव देखिन्छ ?
-
सत्तापक्षकै सांसदले भने– राज्यकै लाचारीले जनता मिटर ब्याजको चङ्गुलमा परे
-
विरोधको शैली परिवर्तन गराउने सभामुखको प्रयास, तर विपक्षीलाई मनाउन सकेनन्
-
जाँचबुझ समितिले गर्यो संसदीय मर्यादा उल्लङ्घन भएको ठहर
-
लर्ड्समा पहिलो पटक महिला टेस्ट क्रिकेट, इङ्गल्यान्डले भारतको सामना गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण