शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

सगरमाथामा गाउन र सुट लगाएर विवाह गर्ने यो जोडी

सोमबार, २५ वैशाख २०७४, ०९ : ५३
सोमबार, २५ वैशाख २०७४

डेलीमेल

बैशाख २५ – सबै जोडीले आफ्नो विवाहको क्षणलाई यादगार बनाउन चाहन्छन् तर यो जोडीले भने कसैले गर्न नसक्ने कुरा गरेर आफ्नो विवाहको दिनलाई अविष्मरणीय बनाएका छन् ।

क्यालिफोर्नियाका जेम्स सिसोम, ३५, र एस्ले स्मिडर,३२, ले आफ्नो देशभन्दा हज्जारौं किलोमिटर टाढा  विवाह गर्ने सोच बनाए– त्यो पनि संसारसामू परिचित सगरमाथामा ।

एक वर्ष अघिदेखि योजना बनाएर यो साहसी जोडीले मुटु छेड्ने जाडो, लेक लाग्ने समस्यालाई पार गरेर एभरेष्ट बेस क्याम्पसम्म पुगे । समुन्द्री सतहभन्दा १७ हजार फिटमाथि उनीहरुले विवाहको बाचा एकअर्कासँग साटे ।

एस्लेले भनिन्, ‘थुप्रै छलफलपछि पारम्परिक विवाह हाम्रो लागि ठिक होइन भन्ने निष्कर्ष हामीले निकाल्यौं । हामीलाई हाम्रो विशेष दिनमा साथीभाइ, आफन्त, परिवारसँग  रमाइलो गर्न मन लागेपनि हामीले केही दिनको छुट्टी लिएर भाग्ने निर्णय गर्यौं ।’

‘हामी दुबैजनालाई घुम्न निक्कै मनपर्छ र हामीले सँगै १४ हजार फिट उचाईको अनुभव पनि गरिसकेका थियौं । तर हामीलाई तीन हप्ताको एभरेष्ट बेस क्याम्पको ट्रेकिङपश्चात् विवाह गर्ने सोच निधो गर्यौं ।’

हुन त यो विवाह समारोह निकै फरक र अचम्मको थियो तर यति हुँदा हुँदै पनि उनीहरुले पारम्परिक परिहनमा सजिएर आफ्नो विवाह गरे । एस्लेले पूरा शरिर ढाक्ने सेतो गाउन लगाएकी थिइन् भने जेम्स सुटमा सजिएका थिए ।

उनीहरुको विवाहलाई क्यालिफोर्नियाका स्पेशलिष्ट एड्भेन्चर वेडिङ फोटोग्राफर चार्लेटन चर्चिलले क्यामरामा कैद गरे ।

उनले भने, ‘एक वास्तविक जोडीको विवाह डकुमेन्ट गर्न चाहन्थें, बाटोमा रहँदाको पीडा, दुःख, सुख, थकान, संधर्षका साथै जोडीबिचको रोमान्टिक केमेष्ट्रिलाई एक डकुमेन्ट्रीको रुपमा उतार्न चाहन्थे । ’

‘त्योभन्दा बढि म जब्बर तरिकाले बसेको पहाड र दुई मानवबिचको सानो, कोमल मायाको भिन्नता देखाउन चाहन्थें ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप