म्याग्दीका घरदैलो अभियान तीव्र, गाउँदेखि शहरसम्म चुनावी रौनक
धिरन खत्री
म्याग्दी वैशाख २५– चुनावी मिति नजिकिएसँगै म्याग्दीका राजनीतिक दलहरुले चुनावी प्रचारलाई तीव्र रुपमा अघि बढाएका छन् ।
स्थानीय तहको निर्वाचमा बहुमत ल्याउन राजनीतिक दलहरुले गठबन्धनसंगै गाउँदेखि शहरसम्म घरदैलो अभियान तीव्र बनाएका हुन् ।
म्याग्दीमा एक नगरपालिका, पाँचवटा गाउँपालिका र ४५ ओटा वडामा जम्मा २३७ पदका लागि ६३२ जनाको उम्मेद्वारी परेको निर्वाचन कार्यालयले जनाएको छ । म्याग्दीमा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा, नयाँ शक्ति, राष्ट्रिय जनमुक्ति पाटी र स्वतन्त्र ब्यक्तिहरुले विभिन्न पदहरुमा उम्मेद्वारी दर्ता गराएका छन् ।
जिल्लाको बेनी नगरपालिकामा नेपाली काग्रेस र नेकपा माओवादी केन्द्रको तालमेलबाट अध्यक्षमा काँग्रेसका हरिकुमार श्रेष्ठ र उपमेयरमा माओवादी केन्द्रबाट ज्योती लामिछाने उम्मेद्वार बनेका छन् । भने, नेकपा एमाले र राप्रपाको तालमेलमा मेयरमा एमालेका प्रमोद श्रेष्ठ र उपमेयरमा राप्रपाकी सन्जु बरुवाल उम्मेद्वार दर्ता गरेका छन् ।
त्यस्तै मंगला र धौलागिरि गाउँपालिकामा माओवादी र काग्रेसको तालमेल छ भने एमाले एक्लै प्रतिस्पर्धामा रहेको छ । मालिका गाउपालिका र अन्नपर्ण गाउँपालिकामा भने नेपाली काग्रेस, नेकपा एमाले र माओबादी त्रिपक्षीय रुपमा प्रतिस्पर्धा गर्दैछन् । केन्द्र बिवादित बन्दै आएको रघुगंगा गाउपालिकामा नेकपा एमाले र माओवादी गठबन्धनले उम्मेदवारी दर्ता गराएका छन् भने काग्रेस एक्लै प्रतिस्पर्धामा उत्रेको छ ।
बेनी नगरपालिकामा दलहरुको गठबन्धनसंगै मेयर,उपमेयर पदको उम्मे्दवार जिताउन कार्यकर्ता ब्यवसाय बन्द गर्दैै उम्मेद्वारदेखि कार्यकर्ता मतपत्रमा भोट हाल्ने तरिका सिकाउदै घरदैलो अभियानमा जुटेका छन् ।
दलहरुको तालमेलमा आगामी योजनाको घोषणापत्र सार्वजनिक गर्दै राजनीतिक दलका शीर्ष नेतादेखि कार्यकर्ता आ–आफ्नो क्षेत्रमा पुगका छन् । नगर तथा गाउँपाकिामा रहेका आमा समुह र युवा क्लवले चुनावी प्रचारमा आउने दल तथा उम्मेद्वारलाई आगामी दिनहरुमा विकास गर्नुपर्ने पक्षलाई समेटेर ज्ञापनपत्र बुझाउने क्रम पनि चलेको छ ।
संघीय संरचनामा पहिलो पटक हुन लागेको अधिकार सम्पन्न स्थानीय निर्वाचनमा नतिजा आफ्नो पक्षमा पार्न आफ्ना एजेण्डासहित जनतासामु चुनावी सभा गर्न समेत होडवाजी चलेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुणस्तरहीन खाद्यान्न उत्पादन र बिक्री गर्ने ६२ उद्योगी व्यापारीविरुद्ध मुद्दा दायर
-
घुमुवा प्रहरी हुँ भन्दै रकम असुल्ने एक व्यक्ति पक्राउ
-
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
-
'बेहुली'को पहिलो गीत 'दिलमा ठाउँ छ'मा पारस र दिव्याको नृत्य
-
हुथीको धम्कीबिच साउदी तेल बोकेका ट्याङ्करले गरे बाब अल–मन्देब स्ट्रेट पार
-
यी हुन् उच्च कोलेस्ट्रोलका ७ लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण