चुनावी तालमेलमा कुनै समस्या छैन: कांग्रेस
सोमबार, २५ वैशाख २०७४, १६ : १२
ललितपुर, बैशाख २५– नेपाली कांग्रेसले पहिलो चरणमा हुने स्थानीय निर्वाचनका क्रममा अन्य दलहरुसँग भएको तालमेल समस्यारहित भएको बताएको छ ।
कांग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय प्रचार समन्वय उपसमितिले सोमबार गरेको पत्रकार सम्मेलनमा उपसमितिका संयोजक रमेश लेखकले तालमेल भएका स्थानमा अहिले कुनै समस्या नभएको बताएका हुन् । यसअघि कांग्रेस र माओवादी केन्द्रबीच चितवन, कास्की लगायतका जिल्लामा चुनावी तालमेल गर्ने सहमति भएको थियो ।
पत्रकार सम्मेलनमा संयोजक लेखकले तालमेलपछि संयुक्त प्रचार अभियान चलेको र ती स्थानमा समेत कांग्रेसको अवस्था अत्यन्तै राम्रो भएको जानकारी दिए । कांग्रेसकै नेता कार्यकर्ता भने पार्टीले तालमेल गरे पनि आफ्नो विरोधी पार्टीलाई भोट दिन नसक्ने बताइरहँदा कांग्रेसले तालमेलमा कुनै समस्या नरहेको स्पष्ट गरेको हो ।
कांग्रेसले निर्वाचन हुने सबै स्थानमा आफ्नो पक्षमा चुनावी लहर आएको दावी पनि गरेको छ । निर्वाचन प्रचारप्रसारका क्रममा केही स्थानमा नेता कार्यकर्ताका सवारी साधन तोडफोड गर्ने दुश्प्रयास भएकोमा भत्र्सना गरेको छ ।
संशोधन विधेयक पारित हुने
कांग्रेसले संसदमा विचाराधिन संविधान संशोधन विधेयकलाई राजनीतिक दलहरुको सहमतिमै पारित गर्ने पनि जनाएको छ ।
कांग्रेस नेता लेखकले संशोधनको विलम्बले तराई–मधेशका जनतामा धोका हने भएकाले त्यसलाई सहमतिमै पारित गरिने बताए । कार्यक्रममा केन्द्रीय सदस्य लेखकले संविधानलाई सर्वस्वीकार्य बनाएर कार्यान्वयनमा लैजाने विषयलाई नेपाली कांग्रेसले प्रारम्भ देखिनै प्राथमिकतामा राखेको उल्लेख गरे ।
महाभियोगको छिनोफनो संविधान अनुसार
कांग्रेसले संसदमा विचाराधिन प्रधानन्यायाधीश सुशीला कार्की विरुद्धको महाभियोगकाबारेमा पहिलो चरणको निर्वाचनपछि संविधानसम्मत ढंगले निष्कर्ष निकालिने बताएको छ ।
नेपाली कांग्रेस स्थानीय तह निर्वाचन २०७४ केन्द्रीय प्रचारप्रसार समन्वय उपसमितिले सोमबार गरेको पत्रकार सम्मेलनमा संयोजक एवम् पार्टीका केन्द्रीय सदस्य रमेश लेखकले सम्पूर्ण ध्यान र बल निर्वाचनमा केन्द्रित भएको र निर्वाचनपछि छलफल गरी संविधानसम्मत ढंगले निष्कर्षमा पुग्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण