अज्ञात समुहबाट गुल्मीमा डोजरमाथि आगजनी
मङ्गलबार, २६ वैशाख २०७४, ११ : २४
गुल्मी, बैशाख २६– गुल्मीमा गएराती एउटा डोजरमा आगजनी भएको छ । छल्दी पनाह राताडाँडा ईन्द्रगौंडा सडक स्तरबृद्धिमा प्रयोग गरिएको डोजरमा अज्ञात समुहले अगो लगाएको हो । आगजनीबाट डोजर ध्वस्त भएको छ ।
काठमाण्डौको कालिका प्यासेफिक जोईन्ट भेन्चर कन्ट्रक्सन प्रा.लिको जेसीभि–२०५ नम्वरको डोजर जलाइएको हो । ईस्मा गाउँपालिका वडानम्वर–२ हस्तीचौरको रातचौर स्थित डोजर जलाईएको खवर प्राप्त हुनसाथ घटनास्थलमा प्रहरी टोली पठाईएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक भोलाबहादुर रावालले जानकारी दिए । डोजर आगोलागीबाट करिव एक करोड वरावरको क्षति भएको जनाईएको छ । उक्त निर्माण कम्पनी पुर्व भुमिसुधार मन्त्री विक्रम पाण्डेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाराजगन्ज दुर्घटना अपडेट: ठक्कर दिने इभी माइक्रोका चालकको मृत्यु, ६ जना घाइते (विवरणसहित)
-
अनलाइन ठगीमा संलग्न ३ भारतीयसहित ४ जना पक्राउ
-
इरानलाई हतियार बिक्री नगर्न रुस र चीनलाई अमेरिकी राष्ट्रपतिको चेतावनी
-
रौतहटमा खुकुरी प्रहार गरेर महिलाको हत्या, ढुङ्गा हानेर आरोपी पक्राउ
-
युरोप डढेलोको चपेटामाः स्पेन र फ्रान्समा हजारौँ मानिसलाई सुरक्षित स्थानमा जान आदेश
-
अभियन्ता वेदिका केसीलाई थुनाबाहिरै राखेर अनुसन्धान गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण