उत्तर र दक्षिण कोरियाबीच आकाश–जमिनको भिन्नता, हेर्नुहोस् २० तस्बिरमा
एजेन्सी
बैशाख २६ – उत्तर र दक्षिण कोरियाबिच आजकाल लडाईंको स्थिती छ जसका कारण संसारमा तेस्रो विश्वयुद्धको खतरा निम्तिएको छ किनभने अमेरिका, जापानजस्ता थुप्रै देश दक्षिण कोरियाको समर्थनमा छन् भने चीन र रुस उत्तर कोरियालाई सहयोग गरिरहेको छ । यी दुई देशबिच तनावको स्थिती यो पहिलो भने होइन । सन् १९४८ मा अलग्गिएपछि दुबै देश एकअर्काको कट्टर दुश्मन मानिन्छन् । यद्यपी, यति हुँदा हुँदै पनि दक्षिण कोरियाले आफ्नो पूरा ध्यान देशको विकासमा दिएको छ भने उत्तर कोरिया हतियारको होडमा समावेश छ ।
विकासको मामलामा दुबै देशबिच आकाश–जमिनको फरकः
– शीतयुद्ध पछि सन् १९४८ मा उत्तर र दक्षिण कोरिया दुई भिन्न देश बने । यसका साथै उत्तर कोरियामा तानाशाही शासनको जन्म भयो ।
– उत्तर कोरियाका तत्कालीन तानाशाह किम इल–सुंगले देशको सत्ता सम्हाले जसको संसारभरी विरोध भयो । यति हुँदा हुँदै पनि सुंग आफ्नो अडानमा रहे र यस प्रकारले यो देश संसारको भिन्न देश बन्यो ।
– तत्पश्चात्, उत्तर कोरिया देशको विकासको सट्टा हतियारको होडमा समावेश भयो जसका कारण अमेरिका र यूएनले उक्त देशमाथि विभिन्न प्रकारको आर्थिक प्रतिबन्ध लगायो ।
– ठिक त्यसको विपरित दक्षिण कोरियाले विकासको बाटोमा कदम बढायो र संसारभरीको समर्थन प्राप्त गर्यो । यसै कारण आज उत्तर कोरियामा भोकमरीको स्थिती छ भने दक्षिण कोरिया विकसित देशको सूचीमा समावेश छ ।
– जर्मन फोटोग्राफर डेइटर लेसनरले दुबै देशमा घुमेर केही विशेष तस्बिर खिचेका छन् जसमा यी दुई देशबिचको अन्तर देख्न सकिन्छ । स्मरण रहोस्, उत्तर कोरियाको यी तस्बिर लेसनरले लुकेर खिचेका हुन् किनभने यहाँ विदेशी व्यक्तिले आफ्नो मर्जीले फोटो खिच्ने अनुमती पाएको हुँदैन ।
[caption id="attachment_142501" align="alignleft" width="670"] दक्षिण कोरियामा हाइटेक मेसिनको उपयोग[/caption] [caption id="attachment_142500" align="alignleft" width="670"] उत्तर कोरियाको ७० प्रतिशत जनसंख्या खेती किसानीमा निर्भर छ । यति हुँदा हुँदै पनि यहाँ पुरानो तरिकाबाट काम हुन्छ । मानिसहरुसँग आधुनिक मेसिन छैन ।[/caption] [caption id="attachment_142497" align="alignleft" width="670"] साउथ कोरियामा मानिसहरुलाई आफ्नो तरिकाले बाँच्ने पूरा स्वतन्त्रता छ ।[/caption] [caption id="attachment_142496" align="alignleft" width="670"] उत्तर कोरियामा मानिसहरुलाई पश्चिमी देशको जीवनशैली अपनाउन मनाही छ ।[/caption] [caption id="attachment_142495" align="alignleft" width="670"] दक्षिण कोरियाको माहोल[/caption] [caption id="attachment_142494" align="alignleft" width="670"] उत्तर कोरियाको चौबाटोमा सिग्नल हुँदैन । यहाँ ट्राफिक सिग्नलको काम महिलाले गर्दछन् ।[/caption] [caption id="attachment_142493" align="alignleft" width="670"] दक्षिण कोरियाको हाइटेक बसस्टप[/caption] [caption id="attachment_142492" align="alignleft" width="670"] उत्तर कोरियाको बसस्टप[/caption] [caption id="attachment_142487" align="alignleft" width="670"] दक्षिण कोरियाको रेष्टुरेन्ट[/caption] [caption id="attachment_142486" align="alignleft" width="670"] उत्तर कोरियाको खाली रेष्टुरेन्ट[/caption] [caption id="attachment_142491" align="alignleft" width="670"] दक्षिण कोरियाको हरेक ठाउँमा चम्किला सडक छन्[/caption] [caption id="attachment_142490" align="alignleft" width="670"] उत्तर कोरियाको राजधानी प्योंगयाङ बाहेक हरेक स्थानमा कच्ची सडक छन् ।[/caption] [caption id="attachment_142489" align="alignleft" width="670"] समयसँगै कदम मिलाउँदै दक्षिण कोरियाका विद्यार्थीहरु[/caption] [caption id="attachment_142488" align="alignleft" width="670"] उत्तर कोरियाका विद्यार्थीहरु । उनीहरुलाई इन्टरनेट चलाउने अनुमती छैन ।[/caption] [caption id="attachment_142499" align="alignleft" width="670"] दक्षिण कोरियाको बस । यहाँका सवारीसाधन हाइटेक छन्[/caption] [caption id="attachment_142498" align="alignleft" width="670"] उत्तर कोरियामा वर्षौं पुरानो बस चलाइन्छन् ।[/caption] [caption id="attachment_142485" align="alignleft" width="670"] दक्षिण कोरियाको राजधानी सियोलको चम्किलो सडक[/caption] [caption id="attachment_142484" align="alignleft" width="670"] उत्तर कोरियाको राजधानी प्योंगयाङको खाली सडक[/caption] [caption id="attachment_142483" align="alignleft" width="670"] दक्षिण कोरियाको बुलेट ट्रेन[/caption] [caption id="attachment_142482" align="alignleft" width="670"] उत्तर कोरियाको ट्रेनको अवस्था[/caption]खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाराजगन्ज दुर्घटना अपडेट: ठक्कर दिने माइक्रो चालकको मृत्यु, ६ जना घाइते (विवरणसहित)
-
अनलाइन ठगीमा संलग्न ३ भारतीयसहित ४ जना पक्राउ
-
इरानलाई हतियार बिक्री नगर्न रुस र चीनलाई अमेरिकी राष्ट्रपतिको चेतावनी
-
रौतहटमा खुकुरी प्रहार गरेर महिलाको हत्या, ढुङ्गा हानेर आरोपी पक्राउ
-
युरोप डढेलोको चपेटामाः स्पेन र फ्रान्समा हजारौँ मानिसलाई सुरक्षित स्थानमा जान आदेश
-
अभियन्ता वेदिका केसीलाई थुनाबाहिरै राखेर अनुसन्धान गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण