शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय

अर्घाखाँचीमा सेलाएको चुनावी माहोल फेरि तात्यो

मङ्गलबार, २६ वैशाख २०७४, १३ : ५५
मङ्गलबार, २६ वैशाख २०७४
अर्घाखाँची, बैशाख २६ – सरकारले दुई चरणमा निर्बाचनको मिति घोषणा गरेसँगै अर्घाखाँचीमा दोस्रो चरणमा निर्बाचन हुने भएपछि सेलाएको चुनावी माहोल पुन : तातेको छ । बैशाख ३१ गते पहिलो चरणको निर्बाचन हुने पक्का भएपछि दोस्रो चरणमा पनि निर्वाचन हुने भन्दै जिल्लास्थित क्रियाशील राजनैतिक दल तथा उम्मेद्धवारहरु चुनाव प्रचारमा लागेका छन् । निर्वाचन कार्यालयले पनि आफनो तयारीलाई तीब्र पारेको मुख्य निर्बाचन अधिकृत केशबप्रसाद बास्तोलाले बताएका छन् । बास्तोलका अनुसार जिल्लाका सबै गाउँपालिका र नगरपालिकाहरुमा निर्बाचन अधिकृतको कार्यालयहरु स्थापना गरी काम सुरु भइसकेको छ । त्यस्तै जिल्लामा शान्तिपुर्ण र भयरहित वातावरणमा निर्बाचन सम्पन्न गर्न सुरक्षा निकाय पनि तयार रहेको प्रमुख जिल्ला अधिकारी डिल्लीराज पोख्रेलले बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप