शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय

आज पनि नयाँ मन्त्रीले सपथ लिदै, को-को आउँदैछन् ?

मङ्गलबार, २६ वैशाख २०७४, १४ : ४५
मङ्गलबार, २६ वैशाख २०७४
बैशाख २६, काठमाडौं– हिजो तीन मन्त्री थपेर मन्त्रीपरिषद् विस्तार गरेका प्रधानमन्त्री प्रचण्डलेअ ाज थप तीन मन्त्रीलाई सपथ खुवाउँदैछन् । आज साँझ ५ बजेका लागि प्रधानमन्त्री कार्यलय सिंहदरवारमा सपथ कार्यक्रम तय भएको छ । आज मन्त्रीपरिषद्मा तीन जना मन्त्री थप हुँदैछन् । लोकतान्त्रिक फोरम नेपालले राज्य मन्त्री पठाउने भएपछि नयाँ मन्त्रीको सपथ हुने भएको छ । तर, अहिले फोरम नेपालको वैठक बसेको छ । शीर्ष नेताहरुले नाम टुंगाएपछि सपथ हुने सो पार्टीका एक नेताले बताए । उता प्रधानमन्त्री कार्यलयले आफ्नो कार्यसूचिमा पाँच बजे राज्य मन्त्रीको सफथ कार्यक्रम राखेको छ । यस अघि हिजो मात्र राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त उपप्रधानमन्त्री एवं सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारलाई पद तथा गोपनीयताको शपथ गराएकी छिन् । राष्ट्रपति कार्यालय शीतल निवासमा हिजो साँझ आयोजित समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उपस्थितिमा उहाँलाई शपथ गराइएको हो । यसैगरी नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जितेन्द्रनारायण देव र भूमिसुधार तथा व्यवस्थामन्त्री गोपाल दहितले पनि आजै पद तथा गोपनीयताको शपथ लिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप