बालकुमारी वि.क जिल्लाकै सवैभन्दा कान्छी उमेद्वार
मङ्गलबार, २६ वैशाख २०७४, २१ : ०४
मन्थली, वैशाख २६ –बैशाख ३१ मा हुने स्थानीय तहको निर्वाचनको लागि उम्मेदवारी दर्ता गराएका मध्ये बालकुमारी वि.क दलित महिला उम्मेदवार तर्फ सवैभन्दा कान्छी उम्मेदवार हुन् ।
रामेछाप जिल्लामा क्रियाशील दलित संस्थाहरुको छाता संगठन स्थानीय दलित संस्था महासंघले संकलन गरेको विवरण अनुसार उनी सबैभन्दा कान्छी उम्मेदवार देखिएको हो ।
उनले नेकपा मओवादी केन्द्रको तर्फबाट मन्थली नगरपालिका वडा नं. १ मा दलित महिला सदस्य पदमा उम्मेदवारी दिएको छ । यस अघि राजनीतिमा नदेखिएकी वि.क. मन्थली उमावि मन्थलीबाट कक्षा १२ को परीक्षा दिएर उम्मेदवार बनेकी हुन् ।
मानविकी संकायकी ग्रामिण विकास अध्ययनरत विद्यार्थी विकले आपूm निर्वाचित भएमा नगरको विकासमा आफ्नो दक्षतालाई भरपुर रुपमा प्रयोग गर्ने बताइन् ।
खेलकुद क्षेत्रमा समेत अब्बल रहेकी विकले विभिन्न खेल मार्फत करिब दर्जन मेडल प्राप्त गरिसकेकी छिन् । पछिल्लो समयमा उनी राजनीतिमा एकाएक सक्रिय देखिएकी हुन् ।
दलित महिला उम्मेदवारको प्रतिस्पर्धामा आपूmले ३३ प्रतिशत बढी मत ल्याएर मन्थली वडा नं १ बाट विजय प्राप्त गर्ने दावी समेत उनको छ ।
वैशाख ३१ को निर्वाचन लगत्तै १५ दिनपछि हुने नगर कार्यपालिकाको लागि दलित महिलाको तर्फबाट आफू पर्छु कि पर्दिन भन्नेमा आफ्नो ध्यान केन्द्रीत रहेको पनि उनले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
-
सरकार र सिजेपी नेताबिचको वार्ता निष्कर्षविहीन
-
स्थानीय तह पुनरवलोकनलाई वैज्ञानिक र व्यावहारिक बनाउनुपर्ने
-
क्षेत्रीय बजारमा नेपाली विद्युत् विस्तार गर्न निजी क्षेत्रको सहभागिता आवश्यक : मन्त्री श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण