शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय

आन्दोलन चर्काउन महन्थ गठबन्धनले पहिलो निर्वाचनको नतिजा पर्खिने !

मङ्गलबार, २६ वैशाख २०७४, २१ : ५६
मङ्गलबार, २६ वैशाख २०७४
काठमाडौं, वैशाख २६– महन्थ ठाकुर नेतृत्वको संघीय गठबन्धनले वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनको नतिजा पर्खेर मात्रै आन्दोलन चर्काउने योजना बनाएको छ । स्थानीय तहको निर्वाचन अघि नै संविधान संशोधन विधेयक पारित नभए आन्दोलन चर्काउने चेतावनी दिएका ठाकुर नेतृत्वको गठबन्धनले पहिलो निर्वाचनको नतिजा हेरेर मात्रै आन्दोलन चर्काउने योजना बनाएको हो । निर्वाचनपछि जेठ ४ गते बस्ने ब्यवस्थापिका संसदको बैठकमा संविधान संशोधन प्रस्ताव अगाडि नबढाएमा सोही दिन नै थप आन्दोलन घोषणा गर्ने गठबन्धनले जनाएको छ । निर्वाचनअघि नै संशोधन विधेयक पारित गर्ने भद्र सहमति पालना नगरेको भन्दै गठबन्धनले मंगलबार विहान बालुवाटर गई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराएको थियो । प्रधानमन्त्रीसँगको छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवा सहितका नेताहरु पनि उपस्थित थिए । यो पनि पढ्नुस्ः

गठबन्धनले सार्वजनिक गर्यो आन्दोलनका कार्यक्रम

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप