कोलकातालाई हराउँदै पञ्जाबको प्लेअफको सम्भावना जिवितै
मोहाली, वैशाख २७ – आइपिएलको १० औँ सिजनको ४९ औँ खेलमा किङ्गस इलेभेन पञ्जाबले कोलकाता नाइटराइडर्सलाई १४ रनले पराजित गरेको छ ।
१ सय ६८ रनको लक्ष्य पाएको कोलकाता निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५३ रन मात्र बनाउन सक्यो ।
पञ्जाबका लागि उत्कृष्ट बलिङ गर्ने मोहित शर्मा म्यान अफ द म्याच चुनिए । उनले ३ ओभर बलिङ गर्दै मात्र २४ रन खर्चेर दुई महत्वपूर्ण विकेट लिए ।
जितसँगै पञ्जाबले प्लेअफमा पुग्ने सम्भावना कायम राखेको छ । अर्को राउण्डमा पुग्न पञ्जाबले बाँकी दुई खेल जित्नुपर्ने हुन्छ ।
उता कोलाकाताले पनि प्लेअफमा पुग्नका लागि अन्तिम खेलमा मुम्बाई इन्डियन्सलाई हराउनुपर्ने हुन्छ ।
टस हारेर पहिलो ब्याटिङ गरेको पञ्जावले निर्धारित २० ओरमा ६ विकेट गुमाउँदै १६७ रन बनायो ।
कप्तान ग्लेन म्याक्सवेलले ४४ तथा रिद्धिमान शाहले ३८ रनको इनिङ खेले । दुवै ब्याटस्म्यानले चौथो विकेटका लागि ७१ रनको साझेदारी गरे ।
कोलकाताका लागि कुलदीप यादव र क्रिस वोक्सले दुई दुई विकेट लिए ।
जवाफी ब्याटिङमा उत्रेको कोलकाताको सुरुवात राम्रो हुन सकेन । चौँथो ओभरमा नै सुनिल नरेन आउट भए ।
क्रिस लिनले ८४ रन बनाए पनि उनी रन आउट भएपछि कोलाकाता जीतबाट बञ्चित रह्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
-
सरकार र सिजेपी नेताबिचको वार्ता निष्कर्षविहीन
-
स्थानीय तह पुनरवलोकनलाई वैज्ञानिक र व्यावहारिक बनाउनुपर्ने
-
क्षेत्रीय बजारमा नेपाली विद्युत् विस्तार गर्न निजी क्षेत्रको सहभागिता आवश्यक : मन्त्री श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण