बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

पूजा खान गएका प्रहरीलाई भोट माग्दै हिँड्यो भनियो : प्रहरी

आइतबार, ३१ वैशाख २०७४, १३ : ०१
आइतबार, ३१ वैशाख २०७४

ओखलढुंगा, बैशाख ३१ – ओखलढुंगामा प्रहरीले भोट माग्दै हिँड्ने गरेको भन्ने बिषयमा समाचार प्रकाशित भएपछि प्रहरीले यस विषयमा छानबिन गरेको छ ।

छानबिनका क्रममा जिल्लाको खिजीदेम्बा गाँउपालिकाको वडा नं २ रगनीका एमाले वडा अध्यक्ष केशरबहादुर रोकाको घरमा पूजा खान गएका प्रहरी जवान हिमाल मगरसहितका जवानहरुलाई विपक्षीहरुले भोट माग्दै हिडेको भन्ने आरोप लगाएको प्रहरीको निष्कर्ष छ ।

प्रहरीको अनुसन्धान अनुसार प्रहरी चौकी बसेको घरका घरधनी रोकाको घरमा पूजा लगाएको र पूजामा जाने क्रममा उनीसँगै गएको हुनाले स्थानियले यस्तो आरोप लागएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यलय ओखलढुंगाले घटनाका बिषयमा छानबिन गर्न एक टोली नै बनाएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप