बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

भोट हाल्न नपाएपछि श्रीमानप्रति करिष्मा मानन्धरको यस्तो आक्रोश !

आइतबार, ३१ वैशाख २०७४, १३ : १६
आइतबार, ३१ वैशाख २०७४

काठमाडौं, वैशाख ३१ – स्थानीय निकायको निर्वाचनमा भोट हाल्न नपाएपछि अभिनेत्री करिष्मा मानन्धरले आफ्नै श्रीमानप्रति आक्रोश व्यक्त गरेकी छिन् ।

राजधानीको मतदाता नामावलीमा आफ्नो नाम नभएका कारण मतदान गर्न नपाएको रिस पति विनोद मानन्धर सँग पोख्दै उनले भनेकी छिन्, ‘आज मेरो मालिक बन्ने तानाशाहीको हदले गर्दा मेरो मनले सहन् मानेन, विनोद ।’

कलाकारिता छाडेर नयाँ शक्तिको झण्डामुनी गोलबन्द हुँदै राजनितीमा होमिएकी मानन्धरले आफ्नो भोटिङ कार्ड नबन्नुको दोष पतिलाई लगाएकी छिन् ।

आइतबार भोट हाल्न नपाएसँगै सामाजिक सञ्जाल (फेशबुक)मा स्ट्याटस लेख्दै उनले पतिलाई सोधेकी छिन्, ‘सवै कुरामा तिमीनै मालिक बन्, तर केही कुरा सहन सकिँदेन, तिमीले हाम्रा लागी गरेका कुरा हामी प्रति को तिम्रो कृपा मान्नु पर्ने ?’

एउटै परिवारमा रहेपनी हरेक सदस्यको छुट्टै चाहना र अधिकार हुने कुरा उल्लेख गर्दै अभिनेत्री मानन्धरले श्रीमानले जानाजान आफ्नो भोटिङ कार्ड नबनाईदिएकोले मत खसाल्न नपाएको गुनासो गरेकी छिन् ।

आफ्नो नागरिकता काठमाडौंको भए पनि विवाह पछि विनोदले सप्तरीको राजविराजबाट थर परिवर्तन गर्दा आफु चुप लागेको उल्लेख गर्दै मानन्धरले भनेकि छिन्, ‘हामी लाजिम्पाट बस्छौं, आफ्नो र छोरीको बसाई सराई गरेर उहाँले भाटिङ कार्ड लिनुभएछ, तर उहाँले मेरो पनि लिनुपर्छ भनेर जरुरी सम्झनु भएन् मैले सोध्दा पनि उहाँले वास्ता गर्नुभएन ।’

पछि आफैं तीन घण्टा लाईन बसेर मतदाता नामावलीमा नाम लेखाएको भएपनि बसाईं सराईंको काजग नहुँदा आफ्नो नाम सप्तरीको लिस्टमा पुगको भन्दै उनले सोधेकी छिन्, ‘न म राजविराजको हो, म त्यहाँ कहिल्यै बसेको छैन कसर गएर भोट दिने ?’

अरु सवै कुरमा आफ्नो श्रीमान मालिक भएपनि नैसर्गिक अधिकारमा स्वामित्व जमाउन खोजेको आफ्लाई सह्य नभएको भन्दै पति विनोदप्रति उनले आक्रोश पोखेकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप