बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

मतदानपछि यस्तो आयो सर्वसाधारणको प्रतिक्रिया

आइतबार, ३१ वैशाख २०७४, १३ : १५
आइतबार, ३१ वैशाख २०७४
काठमाडौ, बैशाख ३१ –स्थानीय जनप्रतिनिधि चयनका लागि मतदान गरेपछि मतदाता उत्साहीत देखिएका छन् । बीस बर्ष पछि भएको स्थानीय तहको निर्वाचनले आफ्नो क्षेत्रको विकास गर्ने प्रतिनिधी चयन गर्ने मौका मिलेको भन्दै उनीहरुले खुसी व्यक्त गरे । मतदान पछि उनीहरुले देशलाई माया गर्ने, राम्रो नेता तथा हराभरा नगर बनाउनका लागि सुक्ष्म, आफ्नो नभई राम्रो उम्मेदवार छानेको बताए । मतदाताहरुले निर्वाचन पछि स्थानिय तहमा अड्किएका काम, रोकिएको विकास सुचारु हुने आशा लिएका छन् । मतदाता शिक्षालाई लिएर सर्वत्र चिन्ता व्यक्त भईरहेका बेला वृद्धवृद्धाहरुले मत खेर नजाओस भनेर सचेत रही मतदान गरेको पाईएको छ । मतपत्र ठुलो, पट्याउन गाहो, धेरैलाई मतदान गर्नुपर्ने भएकाले केही झन्झटीलो रहेको बताईरहेको बेला वृद्धवृद्धा भने जानेबुझेका बाट सिकेर मतदान गरेको बताए । स्थानीय तह निर्वाचन पहिलो चरण अन्र्तगत आईतबार प्रदेश ३, ४ र ६ का ४ महानगरपालिका, १ उपमहानगरपालिका, ९२ नगरपालिका र १ सय ८६ गाउपालिका प्रतिनिधि, नगरप्रमुख र वडा अध्यक्ष गरी २ सय ८३ र सोही संख्यामा उपप्रमुख वा उपाध्यक्ष चयनका लागि मतदान भईरहेको छ । बिहान ७ बजे सुरु भएको मतदान सांझ ५ बजे सम्म चल्ने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप