पश्चिम वाग्लुङ्गको निर्वाचन शान्तिपूर्ण
बाग्लुङ, बैशाख ३१ – गुल्मीको सिमानामा रहेको पश्चिम वाग्लुङ्ग क्षेत्र नम्वर–३ मा शनिबार साँझ वम पड्काएर जनमानसमा आतंक सिर्जना गर्ने दुष्प्रयास भएपनि आइतबार विहानैदेखि सवै मतदान केन्द्रहरुमा मतदाताहरु उत्साहपुर्वक मतदानमा सहभागि भएका छन् । वाग्लुङ्गका कुल १ सय ९२ मतदान केन्द्रहरुमा मतदाताहरु मतदानमा सहभागि भएका हुन् । पश्चिम वाग्लुङ्गको ढोरपाटन नगरपालिकाको वुर्तिबाङ्ग मतदान केन्द्र , गलकोट नगरपालिका, जैमनी नगरपालिका, उता काठेखोला गाउँपालिका, तमान खोला , निसीखोला , तारा खोला , र बढिघाट खोला गाउँपालिका मतदान केन्द्रहरुमा मतदान भइरहेको बताइएको छ ।
बढिघाट खोला गाउँपालिका वडानम्वर–२ अन्तरगत खरवाङ्गको त्रिभुवन माध्यामिक विद्यालयको क केन्द्रमा ९७ वर्षिय बृद्ध गोविन्द्रलाल पाध्यायले मदतान गरेको वाग्लुङ्गका पत्रकार कमल पौड्यालले जानकारी दिए । सो केन्द्रमा १५ सय ३२ मतदाता रहेका छन् ।
वुर्तिवाङ्गका पत्रकार राम सुवेदीका अनुसार ढोरपाटन नगरपालिकाको वुर्तिवाङ्ग स्थित उत्तरगंगा उच्च माह्यामिक विद्यालय केन्द्रमा ९ सय ६६ जना मध्ये यो समाचार तयार पार्दासम्म ४५ प्रतिशतले मतदान गरी सकेका छन् ।
सोही नगरपालिकाको साविकको वोवाङ्ग गाविस स्थित ज्ञानोदय मावि केन्द्रमा पनि शान्तिपुर्ण रुपमा मदनान भई रहेको छ ।
गल्कोटबाट पत्रकार वालकृष्ण सुवेदीका अनुसार नरेठाँटी स्थित महेन्द्र मावि केन्द्र , गल्कोट हटियाको दुदिला भाटी , मल्म , काँडेवास हर्राचौरका मतदान केन्द्रमा पनि उत्साह जनक सहभागीता र शातिपुर्ण रुपममा मतदान चलिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण