स्थानीय निर्वाचनमा व्यवसायीको मत : कसले कहाँबाट भोट खसाए ?
किरण ढकाल
काठमाडौं, वैशाख ३१– आज भैरहेको स्थानीय निकायको पहिलो चरणको निर्वाचनमा नेपालका प्रतिष्ठित उद्योगी व्यवसायीले पनि मतदानमा सक्रिय सभागिता जनाएका छन् । २० वर्षपछि भैरहेको स्थानीय तहको निर्वाचनले आर्थिक समृद्धि, लगानीको बातावरण र स्थानीय तहमा नजप्रतिनिधी सहितको स्थानीय अधिकार स्थापित गर्ने भन्दै उद्योगी व्यवसायी उत्साहका साथ मतदानमा भग लिएका हुन् ।
पहिलो चरणको निर्वाचनमा नोपलका एक मात्र विश्वको धनीका सूचीमा परेका व्यवसायी विनोद चौधरीले नवलपरासीबाट मतदान गरेका छन् । उनले नवलपरासीको दुम्कौली केन्द्रवाट मतदान गरेका हुन् । आफ्नो मतदानले सबैमा सकारात्मक सन्देश जाने र स्थानीय अधिकारको सुनिश्चतता हुने उनले जनाएका छन् । उनी ३ दिन अघिबाटै नवलपरासी पुगेको जनाइएको छ । पहिलो संविधानसभामा सांसद समेत वनेका चौधरी दोस्रो संविधानसभामा भने सांसद भएनन् ।
यस्तै, नेपाल उद्योग वाणिज्य महासंघका नव निर्वाचित एसोसिएट उपाध्यक्ष तथा आइएमई ग्रुपका अध्यष चन्द्र प्रसाद ढकालले काठमाडौं महानगरपालिका स्थित विशालनगरको मिलन केन्द्रवाट मतदान गरेका छन् । यस्तै, आजको निर्वाचनमा नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले काठमाडौं महानगरपालिका वडा नम्वर ३ स्थित वाँसवारीवाट मतदान गरेका छन् ।
यस्तै, उद्योग वाणिज्य महासंघका अर्का वस्तुगत तर्फका उपाध्यक्ष उमेशलाल श्रेष्ठले पनि आफ्नो मतदान गरेका छन् । उनी कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल र साहना प्रधानका छोरा हुन् । यस्तै, आज भैरहेको स्थानीय निकाय निर्वाचनमा बैंकर्स संघका पूर्व अध्यक्ष राजनसिंह भण्डारीले ललितपुरको भैसेपाटीवाट मतदान गरेका छन् ।
साथै, नेपाल सुनचाँदी व्यवसायी महासंघका निर्वतमान अध्यक्ष मणीरत्न शाक्यले भने केही समयपछि आफ्नो मतदान गर्ने जनाएका छन् । उनले काठमाडौं महानगरपालिका वडा नम्वर १ नक्साल स्थित भगवती वहालमा रहेको मतदान केन्द्रवाट मतदान गर्ने तयारीमा रहेको जनाए । उनले यो निर्वाचनले उद्योगी व्यपारिमा पनि सकारात्मक सन्देश प्रवहा भएको वताए ।
उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले भने पहिलो चरणको निर्वाचनमा भाग लिएकी छैनन् । उनको नेपालगञ्जमा नामावली रहेकाले दोस्रो चरणमा मात्र उनले मतदान गर्ने भएकी हुन् ।
यस्तै आजको निर्वाचनमा महासंघका निर्वतमान अध्यक्ष पशुपति मुरारका सहित वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा लगायतका व्यवसायी भने विदेश भ्रमणमा निस्किएकाले मतदानमा भाग लिएका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण