अहिलेसम्म कुन जिल्लामा कति प्रतिशत मत खस्यो ? हेर्नुहोस्, विवरण
बैशाख ३१, काठमाडौं– निर्वाचन आयोगले दिउँसो १२ बजेसम्म ३० देखि ५७ प्रतिशतसम्म मत खसेको बताएको छ ।
आयोगका प्रवत्ता सूर्यप्रसाद शर्माले विज्ञप्ती जारी गरेर बिहान ७ बजेबाट सुरु भएको मतदान कार्यमा १२ बजेसम्ममा ३० देखि ५७ प्रतिशतसम्म मतदान भएको जनाएका छन् ।
पहिलो चरणको निर्वाचन अन्र्तगत आइतबार दिउँसो १२ बजेसम्म सवैभन्दा बढि लमजुङ,मनाङ र दैलेखमा मत खसेका छन् ।
निर्वाचन आयोगका प्रवक्ता सुर्यप्रसाद शर्माका अनुसार लमजुङमा ५७ , मनाङमा ५६, डोल्पा र दैलेखमा ५५ प्रतिशत मत खसिसकेका छन् ।
त्यस्तै चितवन, तनहुँ सुर्खेत रसुवा र पर्वतमा दिउसो १२ बजेसम्म ५० प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ ।
आयोगको तथ्यांक अनुसनर सवैभन्दा कम दोलखा र रामेछापमा मत खसेका छन् । दोलखामा ३५ र रामेछापमा ३७ प्रतिशत मत खसेका छन् ।
आयोगले स्थानीय तहको पहिलो चरणको निर्वाचनअन्तर्गत तीनवटा प्रदेशका ३४ जिल्लाका २८१ स्थानीय तहको निर्वाचनका लागि आइतबार बिहान ७ बजेबाट सुरु भएको मतदान कार्यमा १२ बजेसम्ममा ३० देखि ५७ प्रतिशतसम्म मतदान भएको जनाएको छ ।
आयोगले सबै मतदान केन्द्रमा मतदान कार्य शान्तिपूर्ण र उत्साहजनक रुपमा सञ्चालन भइरहेको जनाएको छ । काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिकाअन्तर्गतको एउटा मतदान केन्द्रमा मतदानको कार्य सुरु हुन नसकेको र सहमतिको प्रयास भइरहेको जानकारी प्राप्त भएको आयोगले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण