बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

दोलखाका तीन स्थानमा झडप, घाइतेलाई काठमाडौं ल्याईँदै

आइतबार, ३१ वैशाख २०७४, १३ : ५५
आइतबार, ३१ वैशाख २०७४

वैशाख ३१, काठमाडौं– दोलखाका तीन छुट्टा–छुट्टै स्थानमा झड्प भएको छ ।

कांग्रेस र एमालेका कार्यकर्ताको बीचमा भएको झड्पका कारण आधा दर्जन भन्दा बढी घाईते भएको दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज भट्टले जानकारी दिए ।

‘घाइतेहरुलाई उपचारका लागी काठमाडौं पठाउने तयारी भईरहेको छ’ सहायक प्रजिअ भट्टले भने, ‘तिनै ठाउँका घाइतेहरु कलेक्सन गर्दैछौं, सेनाको हेलिकप्टरबाट उपचारका लागी पठाउने तयारी भइरहेको छ ।’

जिल्लाको वैतेश्वर गाउँपालिका क्षेत्रपामा भएको झड्पका कारण रोकिएको मतदान प्रक्रिया भर्खरै सुचारु भएको छ । त्यस्तै शैलुङ्ग गाउँपालिकाको भुसाफेदामा पनि झड्पका कारण रोकिएको मतदान प्रक्रिया सुचारु भैसकेको छ ।

‘तामाकोशी गाउँपालिकाको जनजागृती मावी शहरेमा मतदान प्रक्रिया शुरु गर्नेबारे बार्ता भईरहेको छ’ सहायक प्रजिअ भट्टले भने, ‘अन्यत्र उत्साहजन तरिकाले मतदान भइरहेको छ ।’

तामाकोशीको जनजागृहति मावि शहरेमा झड्पका क्रममा लिलामाया न्यौपाने घाइते भएकी छिन् ।

त्यस्तै दोलखाको जुगु र झ्याँकुको मतदान प्रक्रिया लगभग अन्तिम चरणमा पुगिसकेको सहायक प्रजिअ भट्टले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप