नवलपरासीमा पालना भएन आचारसंहिता
आइतबार, ३१ वैशाख २०७४, १३ : ५५
परासी, बैशाख ३१– नवलपरासीमा मतदानको दिन पनि आचारसंहिता उलंघन भएको छ । नवलपरासीको नवलपुर क्षेत्रका ८ स्थानिय तहमा मतदान जारी छ । उम्मेदवारहरु आआफनो विशेष कार्यकर्तालाई गोप्य रुपमा खटाई भोटर ओसार पोसार गरिरहेको छन् । त्यस्तै उम्मेदवारले भोटरहरुलाई ठाउँठाउँमा खाना समेतकोे व्यवस्था मिलएको देवचुली नगरपालिकाको श्रोतले जानकारी दिएको छ । जिल्लाको हाईवे क्षेत्रमा प्रहरीको कडा निगरानीले मोटरसाईकल तथा साना सवारी प्रयोग गरिएको छैन भने भित्री सडक खण्ड तथा पहाडी क्ष्ोत्रमा सुरक्षाकर्मी नभएको ठाउँमा मोटरसाईकल र हाईस परिचालन गरि मतदाता ओसार्ने काम भैरहेको छ ।
जिल्लाको देवचुली तथा कावासोती नगरपालिका लगायत विभिन्न ठाउँमा सिमित कार्यकर्ताहरुले लुकाछीपपी रुपमा विभिन्न बहानाबाजी गरि मतदाता ओसार्ने गरेका छन् ।
जिल्लामा अहिल कुल १ लाख ८१ हजार ९ सय ९९ मतदाताले मतदान गर्दैछन् जसमध्ये करिब ५० प्रतिशत मत खसिसकेको मुख्य निर्वाचन कार्यालयले जनाएको छ । यस क्षेत्रमा कुल १ सय १२ मतदान स्थल छन् जसमा २ सय २८ मतदान केन्द्र छन् । कुल २ हजार ६ सय ७५ जना सुरक्षाकर्मी परिचालन छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण