‘अब तराई–मधेशमा पनि चुनाव हुन्छ’
काठमाडौँ वैशाख ३१–नेपाली काँग्रेसका नेता प्रकाशमान सिहले पहिलो चरणको निर्वाचनमा उत्साहपूर्ण सहभागिता देखेर तराई मधेशमा पनि चुनाव विश्वास व्यक्त गरेका छन् ।
थापा गाउँस्थित विद्यासागर मतदान केन्द्रमा पुगेका सिंहले रातोपाटीसँग कुरा गर्दै भने, ‘जुन उत्साहका साथ पहिलो चरणको चुनाव भएको छ, त्यसले गर्दा मलाई लाग्दैन कि तराई मधेशका जनता चुप लगाएर बस्छन्, यो चुनावपछि सकारात्मक रुपमा निर्वाचनमा भाग लिन्छ भने विश्वास लागेको छ ।’
मधेशवादी दलहरु पनि चुनावमा भाग लिने बताउँदै उनले उनीहरुको मागप्रति सरकार सकारात्मक रहेको र माग पूरा गराउनका लागि गृहकार्य भइरहेकाले दोस्रो चरणको चुनाव पनि शान्तिपूर्ण हुने विश्वास व्यक्त गरे ।
२० वर्षपछि भएको यो स्थानीय तहको चुनावले गर्दा विकासको ढोका खुल्ने बताउँदै उनले सविधानको कार्यान्वयन तथा शान्ति स्थापनाले पूर्णता पाउने विश्वास व्यक्त गरे । स्थानीय तहको चुनावले गर्दा देश एककदम अगाडि बढेको विश्वास व्यक्त गरे ।
चुनावमा जनताले भाग लिएको उत्साह हेर्दा जनताले साँच्चै परिवर्तन चाहेको कुरा प्रष्ट हुन्छ, उनले भने, चुनावले जनतामा शक्ति प्रदान गर्छ, देशप्रति जिम्मेवार बनाउँछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण