निर्वाचन सुरक्षा :‘हाई प्वाईन्ट डिउटी’
आइतबार, ३१ वैशाख २०७४, १४ : ०६
काठमाडौ, बैशाख ३१ –पहिलो चरणको स्थानीय तहको निर्वाचन शान्तिपुर्ण रुपमा जारी छ ।
नर्वाचनलाई व्यवस्थति, भयरहित र निश्पक्ष बनाउन शान्ति सुरक्षा चुरुत दुरुस्त राखिएको छ । मतदान भईरहेका प्रदेश नम्बर ३ , ४ र ६ मा उच्च सुरक्षा सर्तकता सहितको सुरक्षाको पुर्ण व्यवस्था गरिएको छ ।
मतदानस्थल, वरिपरिको सुरक्षा व्यवस्था, मतदाताको सुरक्षा तथा मतको सुरक्षाका लागि शसस्त्र प्रहरी, नेपाली सेना सहितको गस्ती बाक्लो पारिएको छ । मतदान केन्द्रहरुमा पनि कडा सुरक्षा जाँच गरिएको छ । मतकेन्द्रमा परिचालित सुरक्षाकर्मी, पर्यवेक्षक तथा स्वयम मतदाताहरुले पनि शान्ति सुरक्षाको अवस्था राम्रो रहेको प्रतिक्रिया दिएका छन् ।
यस्तै सडकमा समेत सवारी जाँचलाई कडाई गरिएको छ । विना अनुमति संचालिन भएका सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मतदानमा कुनै अवरोध उत्पन्न हुन नदिनका लागि नेपाली सेना र सशस्त्र प्रहरीबाट पैदल मार्ग, हवाई गस्ती र हाई प्वाईन्ट डिउटी समेतको सम्पुर्ण सुरक्षा व्यवस्था गरिएको छ ।
सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन पहिलो घेरामा नेपाल प्रहरी, दोश्रोमा सशस्त्र प्रहरी र बाहिरी घेरामा नेपाली सेना परिचालित भएका छन् । मतदान पश्चात मतपेटिकालाई गणनास्थलसम्म सुरक्षित रुपमा पुर्याउनका लागि सुरक्षाकर्मीबाट स्कर्टिङ गरिने गृहमन्त्रालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण