चीनले बेल्ट र रोडमा १२७ खर्ब रुपैयाँ लगानी गर्ने महत्वकांक्षी योजना सार्वजनिक
एजेन्सी
वेइजिङ, वैशाख ३१ – चीन सरकारले वान बेल्ट वान रोड परियोजना अन्तर्गत खर्बौं रुपैयाँ लगानी गर्ने महत्वकांक्षी आर्थिक योजना अघि सारेको छ ।
बन्दरगाहदेखि बाटो र रेलवे निर्माणका लागि चिनियाँ राष्ट्रपति सि जिन पिङले यसमा १२७ खर्ब रुपैयाँ लगानी गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
‘व्यापार आर्थिक विकासको महत्वपूर्ण इन्जिन हो,’ परियोजनामा संलग्न हुने प्रतिबद्धता जनाएका विश्वका नेताहरुको सम्मलेनलाई सम्बोधन गर्दै चिनियाँ राष्ट्रपतिले भने ।
एसिया, अफ्रिका देखि युरोपसम्म जोड्ने यो योजना सन् २०१३ मा पहिलो पटक सार्वजनिक गरिएको थियो ।
आफ्ना व्यापारिक साझेदारहरुसँगको सम्बन्ध सुदृद्धिकरण गर्ने लक्ष्यका साथ अघि बढाएको यो परियोजना अन्तर्गत चीनले ठूलो लगानी गरिरहेको छ । जसमा वेल्ट र रोड परियोजनामा संलग्न हुने विकासशील राष्ट्रहरुमा ६० बिलियन युआनसम्म सहयोग गरिरहेको छ ।
दुई दिने सम्मेलनको उद्घाटन समारोहमा सिले यस परियोजनाबाट सहकार्य र पारस्परिक लाभको नयाँ मोडल स्थापित हुने बताए ।
उनले यो परियोजना विश्वमा चीनको प्रभाव बढाउनका लागि अघि नल्याएको पनि प्रष्टाए ।
२९ वटा राष्ट्रहरु सहभागी रहेको सम्मेलनमा रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनदेखि टर्कीका राष्ट्रपति रेकेप तायेप इर्डोगानसम्म रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण