काठमाडौँमा ४५ प्रतिशत मतदान
काठमाडौँ, ३१ वैशाख । बिहान ७ बजेदेखि सुुरु भएको स्थानीय तहको निर्वाचनमा काठमाडौँ जिल्लामा ४५ प्रतिशत मत खसेको छ ।
जिल्लामा एक महागरपालिका र १० नगरपालिकामा अहिलेसम्म करिब ४५ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीले जानकारी गराए । उनले कम मतदाता भएका ठाउँमा पनि ५० प्रतिशतसम्म मतदान खसेको बताए । उनका अनुसार मतदाताले बिहानदेखि मतदान गर्नका उत्साहपूर्वक लाइनमा बसेर मत खसालिरहेका छन् ।
जिल्लामा कुल छ सय ८७ मतदान केन्द्र छन् । यहाँ कुल पाँच लाख ५९ हजार चार सय मतदाता छन् । आज हुने निर्वाचनले सात सय १२ जनप्रतिनिधि चयन गर्नेछ ।
साम्दोमा ९८.५९ प्रतिशत मतदान
गोरखा, ३१ वैशाख । तिब्बतसँग सिमाना जोडिएको उत्तरी हिमाली गाउँ साम्दो मतदान केन्द्रमा ९८।९९ प्रतिशत मत खसेको छ । चुमनुब्री गाउँपालिका वडा नं १ को उक्त मतदान केन्द्रमा ७१ मतदातामध्ये ७० जनाले मतदान गरेका हुन् । एक मतदाताको भने यसअघि नै मृत्यु भइसकेको थियो ।
स्थानीय शिक्षक निमादोर्जे लामाका अनुसार बिहान ७ बजेदेखि सुरु भएको मतदान बिहान ९ बजे सम्पन्न भएको थियो । यस्तै चुमनुब्री गाउँपालिकाको न्याक आधारभूत विद्यालय मतदान केन्द्रमा पनि मतदान सकिएको छ । यहाँ ७३ जना मतदाता थिए ।
मतदान शान्तिपूर्ण
एघार वटै स्थानीय तहमा शान्तपूर्वक मतदान प्रक्रिया अघि बढिरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । छिटपुट घटनाबाहेक शान्तिपूर्ण तवरले मतदान चलिरहेको हो । गोरखा नगरपालिका– ७ को नवज्योति मावि डण्डीडाँडा केन्द्रमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच सामान्य धकेलाधकेल भएको थियो ।
यस्तै गोरखा नगरपालिका– ६ स्थित सरस्वती मावि मतदान केन्द्रमा एमाले र माओवादी केन्द्रका कार्यकर्ताबीच सामान्य धकेलाधकेल भए पनि मतदान प्रक्रिया निर्बाध रुपमा चलिरहेको छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण