इरानमा भूकम्प जाँदा दुर्इको मृत्यु
तेहरान, ३१ वैशाख । तुर्कमेनिस्तानको सीमा क्षेत्रमा रहेको इरानी इलाकामा आइतबार शक्तिशाली भूकम्प गएको समाचार छ । ५.७ म्याग्निच्युड मापन गरिएको यस भूकम्पमा परी दुई व्यक्तिको मृत्यु भएको एएफपी समाचार समिति जनाएको छ ।
यस भूकम्पमा परी अन्य सयौँ व्यक्ति घाइते भएका राज्यद्वारा सञ्चिलित समाचार समितिले जानकारी दिएको छ । इरानको उत्तरी प्रान्त खोओरासनको बोज्नुर्द सहरमा ग्रिनविज समयानुसार १८०० बजे शनिबार गएको यस भूकम्पमा परी एक ५४ वर्षीया महिला र एक युवतीको मृत्यु भएको इजना समाचार समितिले जानकारी दिएको छ ।
यस भूकम्पमा परी ३७० भन्दाबढी व्यक्ति घाइते भएका र भूकम्प प्रभावित क्षेत्रका ४० प्रतिशत भन्दाबढी घरहरु क्षतिग्रस्त भएको जनाइएको छ ।
अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस)का अनुसार यो भूकम्प ५.८ म्याग्निच्युडको मापन गरिएको छ ।
यस भूकम्पको केृन्द्रविन्दु तुर्कमेनिस्तानको सीमा क्षेत्रबाट ५० किलोमिटर टाढा रहेको क्षेत्रको १२.५ किलोमिटर गहिराईमा रहेको छ ।
गत अप्रिल ५ मा इरानको दोस्रो ठूलो सहर मसादमा गएको ६.१ म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा दुई व्यक्तिको मृत्यु भएको थियो ।
इरानमा सन् २००३ मा दक्षिणपश्चिम प्रान्त केरम्यानको बाम क्षेत्रमा गएको शक्तिशाली भूकम्पमा परी ३१ हजार व्यक्तिको मृत्यु भएको थियो । रासस÷एएफपी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण