डोल्पाको तीन मतदान केन्द्रको चुनाव काङ्ग्रेसद्वारा बहिस्कार
आइतबार, ३१ वैशाख २०७४, १५ : ०४
डोल्पा, बैशाख ३१–डोल्पाको एक गाउँपालिकाको ३ वटा मतदान केन्द्रको चुनाव काङ्ग्रेसले बहिस्कार गरेको छ ।
यहाँको काईके गाँउपालिकास्थित अरनिको निमावि मतदान केन्द्र र बन्टाडा मतदान केन्द्र तथा बैजीबाडा मतदान केन्द्रमा नेपाली काङ्ग्रेसले मतदान बहिस्कार गरेको हो । उक्त मतदान केन्द्रहरुमा नेकपा एमालले एकलौटी गर्न खोजेपछि बहिस्कार गरेर एजेन्टहरु फिर्ता बोलाईएको काङ्ग्रेस पार्टी सभापति अंगत कुमार बुढाले बताए ।
तीनवटा मतदान केन्द्रमा काङ्ग्रेसको माहोल राम्रो देखेपछि धाँधली गर्न खोजेको सभापति बुढाको भनाइ छ । काङ्ग्रेसलाई पाखा लगाएर एकलौटी गर्न खोजेको भन्दै उक्त गाँउपालिकाको नाम्दोमा रहेको निर्वाचन कार्यलयमा उजुरी दर्ता गराउन जाँदा निर्वाचन अधिकृतले दर्ता गर्न नमानेको बुढाले बताए ।
मतदानस्थलको सुरक्षा ब्यबस्था कडाईगर्दै चुनावलाइ मर्या्दित र शान्तिपूर्ण बनाउनका लागि खटिएका सुरक्षाकर्मीहरु तथा कर्मचारीले एमालेले एकलौटी गर्न खोज्दा पनि प्रभाबकारी भुमिका निर्वाहगर्न नसकेको काङ्ग्रेसको आरोप छ ।
एमालेका कार्यकर्ताहरुले उक्त गाँउपालिका स्थित खानि गाउँका जनतालाई भोटहाल्नबाट समेत बन्चित गरिएको आरोप छ ।
काईके गाउँपालिका एमाले सांसद धन बहादुर बुढाको गृह क्षेत्र भएकाले पनि प्रभाब धेरै परेको हो । उक्त गाँउपालिका काङ्ग्रेस सभापति बुढाको पनि गृह क्षेत्र पर्दछ । उक्त गाउँपालिकामा काङ्ग्रेस एमाले बिचको राजनितीक खिचातानिका कारण पटक पटक झडप पर्दै आएको छ । उक्त गाँउपालिकामा ७ वटा मतदान केन्द्र रहेकाछन् । जसमा ५ वटा मतदान केन्द्रमा काङ्ग्रेस सहित शान्तिपूर्ण ढङ्गबाट मतदान भईरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण