चुनावकै दिन नेपाल–भारत सीमामा समातिए मुजाहिद्दिनका आतंकवादी
आइतबार, ३१ वैशाख २०७४, १५ : २३
एजेन्सी काठमाडौँ, वैशाख ३१ – नेपालका तीनवटा प्रदेशमा स्थानीय तहको चुनाव जारी रहेको नेपाल–भारत सीमाबाट हिजबुल मुजाहिद्दिनका एक आतंकवादी पक्राउ परेका छन् ।
भारतीय सञ्चारमाध्यमको दाबी छ, नेपालको बाटोबाट भारत छिर्ने प्रयास गरिरहेका ३४ वर्षीय नासिर अहमद पक्राउ परेका हुन् ।
अहमदलाई सीमा सुरक्षा बल (एसएसबी) ले सुनौली नाकाबाट पक्राउ गरेको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।
कश्मिरी सल व्यापारी बनेर उनी भारत छिर्ने प्रयासमा रहेको एसएसबीले जनाएको छ । उनीसँग परिचयपत्र माग्दा दिन नसकेपछि उनलाई पक्राउ गरिएको थियो ।
उनी सन् २००३ देखि पाकिस्तानमा रहेको समाचारमा उल्लेख छ ।
रुपन्देही प्रहरीले भने यस विषयमा आफूलाई जानकारी नभएको बताएको छ।
यसअघि, आइएसएससँग सम्बन्ध रहेको एक इरानी नागरिक पनि नेपालबाट पक्राउ परेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण