बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

म्याग्दीको बेनीबजार सुनसान

आइतबार, ३१ वैशाख २०७४, १५ : २७
आइतबार, ३१ वैशाख २०७४
म्याग्दी, बैशाख ३१– आइतबार बेनीबजार सुनुसान जस्तै भयो । स्थानीय निर्वाचनमा भाग लिनका लागि आ–आफ्नो मतदान केन्द्रमा मतदान गर्न सर्वसाधारण गएपछि बेनीवजार सुनसान बनेको हो । सधै मानिसहरुको भीड र सवारीको चाप भइरहने बेनी बजारमा शनिबारदेखि नै मानिसहरुको चाप घटेको थियो । निर्वाचनमा मतदान गर्न बेनीबजारका मात्र होइन, पोखरा काठमाडौ लगायतको शहरबाट पनि गाउँ–गाउँमा मतदान गर्न आएका छन् । जिल्ला प्रशासनबाट अनुमति नलिएका सवारी साधनलाई पुर्णरुपमा आइतबार बन्द गरिएको छ । निर्वाचनलाई सफल बनाउन प्रशासनले सुरक्षालाई ध्यानमा राख्दै सवारी साधन बन्द गरेको यातायात बन्द भएसँगै ब्यवसायीहरु शनिबारबाटै पसल बन्द गरेर मतदान केन्द्रतिर लागेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप