फोटो पत्रकारमाथि प्रहरीको हातपात
ललितपुर, बैशाख ३१ –स्थानीय तह निर्वाचन अन्तर्गत आइतबार रिपोर्टिङका क्रममा ललितपुरको गोदावरी नगरपालिका वडा नं. २ को फूलचोकी मतदान केन्द्रमा फोटो पत्रकार विनोद विष्टमाथि प्हरीले हातपात गरेको छ ।
महासंघ प्रदेश पार्षदसमेत रहेका नयाँ पत्रिकाकर्मी विनोद विष्टमाथि प्रहरीले हातपात गरेकोप्रति महासंघ प्रतिष्ठान शाखाले खेद प्रकट गरेको छ ।
निर्वाचन अधिकृतको अनुमति लिएर तस्बिर लिन मतदान केन्द्रभित्र गएका उनलाई नाम नखुलेका नेपाल प्रहरीका सइले धकेलेर बाहिर निकालेका थिए ।
निर्वाचन आयोगले सूचना विभागको प्रेस पासलाई मान्यता दिएपनि उनले ‘यस्तो कार्ड त मसँग पनि छ’ भन्दै धक्का दिएको थियो ।
सो क्रममा भित्र प्रवेश गर्न अनुमति दिएका निर्वाचन अधिकृतले पनि प्रहरीलाई साथ दिएका थिए । पत्रकार विष्टमाथि भएको दुव्र्यवहारको प्रतिष्ठान शाखा खेद प्रकट गर्दछ ।
साथै सम्पूर्ण पत्रकारको सुरक्षाको ग्यारेन्टी गर्न र प्रेस स्वतन्त्रताको सम्मान गर्न निर्वाचन आयोग र प्रशासनसँग जोडदार माग गर्दछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण