केही मतदाता अलमलमा, कसको मत कहाँ गयो ?
आइतबार, ३१ वैशाख २०७४, १५ : ३६
काठमाडौं, वैशाख ३१– मतदाताहरुले मतदाता शिक्षा समयमा नपाएका कारण मतदान गर्न अप्ठ्यारो भएको गुनासो सुनिएको छ ।
स्थानीय प्रतिनिधिका लागि विभिन्न पद गरी सात ठाउँमा आफूले रोजेको चुनाव चिन्हमा मत हाल्नुपर्ने भएकाले अधिकांश मतदाता अलमलिएको पाइएको छ ।
स्थानीय तहका लागि प्रमुख, उपप्रमुख, वडाअध्यक्ष, महिला वडा सदस्य, दलित महिला वडा सदस्य र अन्य दुईजना वडा सदस्य गरी सात प्रतिनिधि चुन्ने अधिकार मतदातासँग भएपनि तर कतिपय मतदाताहरु कहाँ कसरी मतदान गर्ने भन्नेमा अलमलमा परेका कारण धेरै समय लिएको तथा निर्वाचन आयोगका प्रतिनिधिको सहयोग लिने गरेको दृश्य काठमाडौका कतिपय मतदान केन्द्रमा देखिएको थियो ।
डिल्लीबजारको एक मतदान केन्द्रबाट मतदान गरि फर्केकी लक्ष्मी मानन्धरले रातोपाटीसँग भनिन्, ‘पहिला पनि मत हालेका थियौं तर यति गाह्रो कहिल्यै भएको थिएन । आफूले रोजेको चुनाव चिन्हमा मतदान गर्ने चिन्ह खोज्नै समय लाग्यो त्यसपछि कुन कुन पदमा दिने भनि खोज्नु पर्यो त्यसले गर्दा ढिला पनि भयो ।’
यो समस्याका कारण पढेलेखेका लागि त कोलममा उल्लेख गरिएका विषय पढेर मत हाल्न सकिएपनि निरक्षरलाई भने बढि गाह्रो भएको पाइएको छ । यसले गर्दा मतबदर हुने सम्भावना बढेको बताइन्छ । चुनावका लागि मतदाता समक्ष जुन मात्रामा सूचना जानुपर्ने त्यस अवस्थामा नगएको गुनासो मानन्धरले गरिन् । उम्मेदवारहरुले आएर आ–आफ्नो चुनावको बारेमा मात्र जानकारी गराए, त्यसले झन अलमल बनायो, मानन्धरले भनिन्, ‘यद्यपी मैले कम्तीमा चार मिनेट लगाएर मतदान गरे ।’
बानेश्वरका मतदाता सुमन भट्टको पनि समस्या उही छ । भने ‘मतपत्र हेर्दा नै डरलाग्दो छ, कतिपय त त्यसलाई हेरेर नै अलमलमा पर्छ, आफूले मतदान गर्न चाहेको चुनाव चिन्ह खोज्न नै समय लाग्छ त्यसमा पनि कुन पदमा कसलाई दिने विभिन्न सातवटा कोलममा जानुपर्छ त्यसले गर्दा गाह्रो हुने गरेको देखियो ।’
बुढापाकाले त पक्कै पनि मत विगारेको हुनुपर्छ, कसरी मतदान गर्ने धेरैलाई थाह छैन, मतदान केन्द्रमा गएर नै त्यहाँका स्वयं सेवक तथा पार्टी प्रतिनिधिलाई कसरी मतदान गर्ने विषयमा सोधेको पनि देखिन्थ्यो । पुरानो वानेश्वरकी रजिना श्रेष्ठले भनिन् ‘निर्वाचन आयोगले तयार पारेको मतदाता शिक्षा पुस्तिका हालसम्म पनि फेला परेको छैन, कोही एक दिन सम्झाउन र सिकाउन पनि आएनन् । दलका नेताहरु आउँथे र फलानोमा मत हाल्नुस् भनेर जान्थे तर यतिको गाह्रो छ, यसरी मत हाल्नु भनेर कसैले सिकाएन ।’
मतदान केन्द्रमा यस्तो गुनासो धेरैको सुनियो । र, यसको फाइदा दलका प्रतिनिधिहरुले लिइरहेको देखिन्थ्यो । दलको प्रतिनिधि भने घाँटीमा कार्ड झुण्डाएर मतदाताहरुलाई सम्झाई रहेको देखिन्थ्यो । यो यो मा यसरी मत हाल्ने भनेर आआफ्ना दलको चुनाव चिन्हको प्रचार गरेको पनि कतिपय स्थानमा देखियो । यो कमि कमिकमजोरी निर्वाचन आयोगकै नै हो । यद्यपी शनिबार आयोगले गरेको पत्रकार सम्मेलनमा आयोगमा प्रमुख आयुक्त अयोधिप्रसाद यादवले मतदाता शिक्षा पुस्तिका मतदाताको हातहातमा पुगिसकेको दावी गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण