दोलखामा प्रहरीको गोली प्रहार, एकको मृत्यु
आइतबार, ३१ वैशाख २०७४, १५ : ४४
काठमाडौं, वैशाख ३१– दोलखाको मेलुङ्ग गाउँपालिकाको पवटीस्थित सत्यस्वर मावि मतदान केन्द्रमा गोली प्रहार भएको छ ।
घटनामा एक जनाको ज्यान गएको छ ।
मतपेटिका लुट्न पगेको समुहमाथि गोली प्रहार भएको प्रहरीको भनाई छ ।
प्रहरीको गोली लागेर एकको मृत्यु भएको दोलाखाका सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज भट्टले जानकारी दिए ।
‘मतपेटिका लुट्न आएको समुह र प्रहरीबीच भीडन्त भएको हो’ सहायक प्रजिअ भट्टले भने ।
मेलुङ्गमा मतपेटिका लुट्न खोजेपछि प्रतिकार गर्ने क्रममा नकुल भुजेलको मृत्यु भएको प्रहरी प्रवक्ता (एसएसपी) सर्वेन्द्र खनालले जानकारी दिए ।
घटनामा मतदान गर्न लाइन बसेकी एक महिला पनि घाइते बनेका छिन् ।
दोलखामा आईतबार विहानैदेखि झड्पका घट्ना भईरहेका छन् ।
पवटी गोलीकाण्ड अघि दोलखाको वैतेश्वर गाउँपालिकाको क्षेत्रपा, तामाकेशी गाउँपालिकाको शहरे र शैलुङ्गको भुसाफेदामा भएको झड्पका क्रममा करिब आधा दर्जन घाईते भएका थिए ।
कांग्रेस र एमालेका कार्यकर्ताबीच भएको झड्पका कारण घाईते भएकालाई उपचारका लागि काठमाडौं ल्याईएको छ ।
जिल्लाको वैतेश्वर गाउँपालिका क्षेत्रपामा भएको झड्पका कारण रोकिएको मतदान प्रक्रिया सुचारु भएको छ ।
त्यस्तै शैलुङ्ग गाउँपालिकाको भुसाफेदामा पनि झड्पका कारण रोकिएको मतदान प्रक्रिया सुचारु भैसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण