राजधानीका मतदाता भन्छन्– मनपरेको उम्मेदार छान्नै पाइएन, प्रविधिमा पनि पछाडि
आइतबार, ३१ वैशाख २०७४, १६ : ११
कृष्ण गिरी
काठमाडौं, बैशाख ३१– स्थानीय तहको पहिलो चरणको निर्वाचन अन्र्तगत ३, ४ र ६ नम्बर प्रदेशमा आइतबार मतदान भएको छ । सबै भन्दा बढी चासोको साथ हेरिने राजधानीका मतदाताहरु भन्छन्– ‘आफूले चाहेको व्यक्तिलाई मत हाल्न पाइएन ।
दललाई मत हाल्दा त केही गाह्रो छैन । तर फरक फरक दलका फरक व्यक्तिलाई भोट हाल्न गाह्रो भयो । कुन चिन्हमा हाल्दा चाहेको व्यक्तिले भोट पाउने हो थाहा जानिएन ।’ युवा मतदाताहरुले भने अहिलेको समयमा पनि मान्छे बराबरको मतपत्रमा छाप हान्नुपर्ने बाध्यता रहेको भन्दै प्रविधिमा कमजोर देखिएको टिप्पणी गरेका छन् ।
गंगाबहादुर श्रेष्ठ
मतपत्र धेरै ठूलो भयो । यसलाई सानो बनाउन सकिन्थ्यो । पट्याउन गाह्रो छ । आफूले रोजेको पार्टीलाई भोट हाल्न त सहज छ । तर विभिन्न पार्टीमा रहेका मन परेका उम्मेदारलाई भोट होल्न गाह्रो छ । कुन नम्बरको चिन्हमा भोट हाल्दा आफूले मन पराएको उम्मेदारलाई भोट जान्छ केही थाहा भएन ।
मतपत्र बनाएअनुसार मतदाता शिक्षाको अभाव छ । मतपत्र बनाउने र भोट माग्नु मात्र निर्वाचन होइन । खसेको मत बढी भन्दा बढी मतहरु सदर हुनु हो । तर यो अवस्था कम देखिन्छ ।
नीता गड्तौला नेपाल
भोट हाल्न करिब ७ देखि १० मिनेट लाग्यो । दलका चिन्ह त थाहा हुन्छन् । तर फरक फरक दलका उम्मेदारहरुलाई भोट हाल्न सकिँदैन । कसको कुन संख्या वा चिन्ह हो थाहा नै पाइदैन ।
धर्म गिरी
म ९४ वर्षको भए । भोट आफैले हालेँ । मलाई गाह्रो लागेन । सबै एउटै पार्टीलाई भोट हालेकाले त्यति अप्ठेरो भएन ।
कुन्तिदेवि न्यौपाने
पहिलाको भन्दा असजिलो छ मतदान गर्न । मत हाल्न शिक्षाको अभाव छ । भोट माग्न आएपनि कसरी भोट हाल्ने भनेर नभन्दा धेरै जसो मतदातालाई गाह्रो भएको छ ।
कृष्णादेवि बज्राचार्य
आफूले मत हाले पनि कोको हुन उम्मेदार अहिलेसम्म नचिनेको बताइन् । हाम्रा घरमा त कोही भोट माग्न नै आएनन् ।
किमेश शाक्य
अहिलेको समयमा पनि यति असहज तरिकाको मतपत्र बनाउने राम्रो होइन । विज्ञान प्रविधिको विकास भएको समयमा पनि केटाकेटीलाई पुग्ने जत्रो मतपत्र मतदाताको हातमा दिनु राम्रो होइन । यसमा अब परिवर्तन गर्नु आवश्यक छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण