म्याग्दीमा ६० प्रतिशत बढी मतदान, बर्षाले मतदान प्रभावित
आइतबार, ३१ वैशाख २०७४, १६ : २८
धिरन खत्री
म्याग्दी, वैशाख ३१– म्याग्दीमा स्थानीय तहको निर्वाचनमा हालसम्म ६० प्रतिशत भन्दा बढी मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । विहान ७ बजेदेखि सुरु भएको मतदानमा उत्साहजनक जनसहभागिता देखिएको र शान्तिपूर्ण बातावरणमा नै निर्वाचन भइरहेको जानकारी प्राप्त भएको जिल्ला निर्वाचन अधिकारी केदारनाथ पौडेलले जानकारी दिए ।
उनका अनुसार मौसममा खराबी आएको कारण दिउँसो एक बजेपछि कुइनेमंगले, मल्कबाङ, मुदी लगायतका ठाउँको मतदानको अबस्थाबारे टेलिफोन सम्पर्क हुन सकेको छैन ।
दिउसो दुई बजेदेखि म्याग्दीमा पानी पर्न थालेपछि मतदानस्थलहरुमा छाता ओढेर भएपनि मतदाताहरु मतदानको लागि लामबद्ध अवस्थामै रहेका छन् । मतदान कर्मचारी र सुरक्षाकर्मीले मतपत्र नभिज्ने गरी सुरक्षित ठाउँमा राखेरै भएपनि मतदान कार्यलाई जारी राखेका छन् ।
सबै मतदान केन्द्रहरुमा निर्धारित समयमै मतदान सुरु भएको र उत्साहजनक सहभागिता रहेको मुख्य निर्वाचन अधिकृत रामप्रसाद शर्माले जानकारी दिए । एक नगरपालिका, पाँच गाउँपालिका, ४५ वटा वडा रहेको म्याग्दीमा ७१ हजार ४६३ जना मतदाता मतदानमा सहभागि हुँदैछन् ।
जिल्लाभर ७२ मतदानस्थल र १०२ मतदान केन्द्र छन । निर्वाचित हुने २३७ पदका लागि ६०६ जना उमेद्वारहरु चुनावी मैदानमा रहेका छन् । एक नगरपालिका र पाँच गाउँपालिकामा संघीय संरचनामा पहिलो पटक भएको निर्वाचनले मुलुकलाई विकास निर्माणको गतिमा अगाडि बढाउने सर्वसाधारणको अपेक्षा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण