बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

आलुको उचित मूल्य नपाउँदा किसान मारमा

आइतबार, ३१ वैशाख २०७४, १६ : ३३
आइतबार, ३१ वैशाख २०७४

दाङ, ३१ वैशाख । आलुको उचित मूल्य पाउन नसक्दा यहाँका किसान मारमा परेका छन् ।

बजारमा भारतीय आलु आयात गरिए पछि मूल्यमा ५० प्रतिशतसम्म गिरावट आएको छ । उचित मूल्य नपाएपछि यहाँका किसानले उत्पादन गरेको आलु बिक्री गर्न छाडेका छन् ।

पछिल्लो समय आलु प्रतिकिलो रु १४ मा समेत बिक्री हुन छाडेको कृषक जीवराज तिवारीले बताए । “उचित मूल्य नपाउँदा सडेर जाने खतरा छ,” उनले भने । स्थानीय उत्पादित आलुको तुलनामा भारतीय आलु सस्तो छ । त्यसैले स्थानीय आलुले बजार पाउन सकेको छैन । केही साता अघिसम्म आलु प्रतिकिलो रु २० देखि रु २५ सम्मका बिक्री भएको थियो ।

कृषक रामबहादुर केसी गत वर्ष २० क्विन्टल आलु उत्पादन भएको जग्गामा यस वर्ष २४ क्विन्टल उत्पादन भएको बताउँछन् । “उचित मूल्य नपाउँदा बिक्री गर्न सकेको छैन,” उनले भने ।

जिल्ला कृषि विकास कार्यालयका बागवानी अधिकृत धनराज गौतमका अनुसार जिल्लामा आलु उत्पादन बढेको छ । यस वर्ष जिल्लामा ३३० मेट्रिक टन आलु उत्पादन भएको छ । गत वर्ष करिब ३०० मेट्रिक टन आलु उत्पादन भएको थियो । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप