मतदान केन्द्रको अनुगमन गर्न पुगे प्रमुख निर्वाचन आयुक्त यादव (फोटोफिचर)
शम्भु दंगाल
काठमाडौ, बैशाख ३१ – प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले काठमाडौका केही मतदान केन्द्रमा पुगेर अनुगमन गरेका छन् ।
आइतबार दिउँसो काठमाडौको कागेश्वरी मनहरा नगरपालिकाको थलीस्थि कान्तिभैरव माविको मतदान केन्द्रको अवलोकन गर्दै प्रमुख आयुक्त यादवले पहिलो चरणको स्थानीय निर्वाचन उत्सवका रुपमा भएको प्रतिकृया दिए ।
उनले निर्वाचन शान्तिपुर्ण र ऐतिहासिक पर्वका रुपमा भएको भन्दै मतदाताले देखाएको धैर्यताप्रति धन्यवाद व्यक्त गरे ।
स्थानीय निर्वाचन हामी सवैको उत्सव भएको भन्दै यादवले मतदानका लागि आयोगले गरेको व्यवस्थापन अत्यन्त राम्रो भएको पनि दावी गरे ।
मतदाता शिक्षाबारे सोधिएको प्रश्नमा प्रमुख यादवले गणना भएपछि थाहा थाहा हुने बताए । सो मतदान केन्द्रमा मतदातासँग समेत कुराकानी गरेका उनले निरिक्षणका क्रममा मतपेटिका सुरक्षामा म्यादी प्रहरी खटाएको भेटेपछि केन्द्रमा खटिएका सुरक्षा प्रमुखलाई मौखिक स्पष्टिकरण सोधेका थिए ।
प्रमुख यादवले मतगणनासम्बन्धि अधिकार सम्बन्धित मुख्य निर्वाचन अधिकृतलाई दिएकाले उनीहरुले नै समयतालिका बनाएर गणना सुरु गर्ने पनि प्रश्ट पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण